अस्तव्यस्त काठमाण्डौंका सडक र भ्रमण बर्ष २०२०



दिपेश न्यौपाने
देशको राजधानी काठमाडौं आर्थिक ,सामाजिक , शैक्षिक बिकासको केन्द्रको रुपमा मानिदै आएको छ । तर यहाँको सडकको स्थितिले गर्दा सर्वसाधारणको दैनिक जनजिवन एकदमै प्रभावित र कष्टकर बन्न पुगेको छ । अझ नेपाल भ्रमण बर्ष २०२० को नारा लगाउदै गर्दा आन्तरिक तथा वाह्य पर्यटकमा नाजुक सडक स्थितिको प्रभाव प्रत्यक्ष पर्ने देखिन्छ ।

अस्त व्यस्त सडक विस्तार र मर्मतमा ढिलासुस्ती र अनियमितता , धुलो छरपस्ट प्रदुषित वातावरण जस्ता विविध पक्षले जनताहरूले हरेक दिन सरकारलाई आलोचना गर्नुबाहेक केही देखिँदैन भने प्रतक्ष्य वा अप्रत्यक्षरुपमा दुस्खहरु त खेपि नै रहेको पाइन्छ । अत्यावश्यक सडक सुविधा र यातायातको सकारात्मक भन्दा नकारात्मक प्रभाव बढि हुनु जटिल समस्या पक्कै हो। सयौं सम्बन्धित विविध समस्याहरू मानिसका दैनिक क्रियाकलापसँग प्रतक्ष सम्बन्धित हुन्छ। एउटा मान्छे काठमाडौंको सहरमा दश मिनेट हिड्दा धुलाम्बे भैसकेको हुन्छ ।

माक्स नलगाई हिड्ने बाताबरण छैन , विश्वकै प्रदुषित सहर मध्ये काठमाडौंलाई तेस्रो स्थानमा राखिन्छ । यहाँको प्रदुषणले सिधै मानविय स्वास्थ्यमा श्वास प्रस्वास सम्बन्धि समस्या , सरुवा रोगको विगविगिको त्रासमा जनताहरु बाच्न बाध्य छन । के यसरी नै लापरबाही बाटो सरकारले जनसाधारणको मन जित्न सफल होला त ? जथाभावी भद्रगोल फालिएका र थुपारिएका फोहोरको चाङले सवारी साधन र पैदल यात्री दुबै जोखिम युक्ति र कष्टकर यात्रा गर्न बाध्य मात्र भएका छैनन् कि असन्तुलित विद्युतीय निकासीले आफ्नो ज्यान जोखिममा पारेका छन् भन्दा फरक नहोला । यहाँ सडक मर्मतको नाममा महिनौं सडक बन्द गरिन्छ तर नतिजा दुई तीन महिनामै उप्किन थाल्छ ।

पिच भएको सडक बिच भएको भोलिपल्टबाटै खानेपानी पाईपका लागि सडक भत्काउन थालिन्छ । सडक विभाग र खानेपानी विभागको प्रभावकारी समन्वय बिना सडक मर्मत तथा विस्तार गर्न नसकिने कुरा सर्र्विवदितै छ । साँघुरो सडक र अव्यवस्थित ट्राफिकले घन्टौ जाममा परेर आफ्नो महत्वपूर्ण समय खेर फाल्ने रहर कसैलाई पनि हुदैन । अनि यस्तो लाजमर्दो अवस्था काठमाडौंको एक मात्र अन्तर्र्रािष्ट्रय विमानस्थल रहेको नेपालले भ्रमण बर्ष पर्यटकलाई कुन रुपमा देखाउने ? त्यसैले यो नियमन र अनुगमन गर्ने पक्ष यसप्रति जिम्मेवारी हुनै पर्छ ।

अब सवाल उठ्छ यसका कारण के हुन सक्छन् ? बिकास र निर्माणका नाममा हुने घुसखोरि, अनियमितता र भष्ट्रचार नै यसको मुख्य जड हो । विकासका हरेक क्षेत्रलाई भष्टाचारले प्रभाव पारिरहेका बेला सडक यसबाट अछुत हुन सक्दैन । निर्माण व्यवसायी , ठेकेदार र सरकारी कर्मचारीहरुकै दुनो सोझ्याउने नियतले गर्दा काममा ढिला सुस्ती र विनियोजित बजेटको सबैले आ(आफ्नो दुनो सोझ्याउने नियतले गर्दा काम मा ढिला सुस्ती र विनियोजित बजेटको एक तिहाई पनि विकाशमा खर्च भैरहेको छैन, जुन लज्जास्पद कुरा हो । स्थानिय स्तरबाट जनचासो दिएर सरकारी काम गर्ने पद्वतिलाई दवाव दिन नसक्नु पनि अर्को मुख्री लमजोरी मान्न सकिन्छ ।

जहाँ समस्या हुन्छ त्यहाँ पक्कै समाधान हुन्छ । कमजोरी भएका पक्षहरू सुधार गर्न सके विकासलाई तिव्र गतिमा अगाडी बढाउन सकिन्छ । साथसाथै नेपाल भित्रीने पर्यटकलाई सुन्दर काठमाडौं देखाउन सके विश्वमा नेपालको राम्रो सन्देश जाने पक्का छ । यसका लागी प्रथमत सडक निर्माणसगँ सम्बन्धित सम्पुर्ण पक्ष जस्तै ठेकेदार, इन्जिनियरहरु र निर्माण कार्यको अनुगमन तथा निरिक्षण गरि भस्ट्रचारमा सुन्य शहनशिलता नअपनाई विकाश सम्भव छैन ।
जनताबाट उठाइएका करलाइ प्रभावकारी किसिमले उपयोग गर्न जरुरी छ । व्यवस्थित ट्राफिक पद्वती , पैदल यात्रीको अनुशाशन, लेन अनुशाशन कायम गरि जाम तथा दुर्घटना न्युनिकरण गर्न सकिन्छ । विकासमा दिर्घकालसम्म फाईदा दिन सक्ने योजनाहरु कार्यान्वयन गरि उत्कृष्ट तथा समयमै काम गर्नेलाई सम्मन तथा हेलचक्राई गर्नेलाई दण्डित र बेइज्जती गरि कार्य शैलीमा विशेश उर्जा थप्न सकिन्छ । यसका लागी मिडिया तथा सामाजिक सञ्जालको पनि महत्वपुर्ण भुमिका हुन्छ । साथसाथै जनदबाबले पनि कति कामहरु प्रभावित भएका उदाहरण हरु पनि प्रशस्तै छन् । जस्तै बौद्धमा सडक निर्माण ढिलाई भएका कारण स्थानियले बाटो नै बन्द गरि रातारात निर्माण सम्पन्न भएको थियो । नत्र सधैंका लागी धुम्लामेर अस्तव्यस्त काठमाडौं हाम्रो साथी बन्ने निश्चित छ ।

त्यसैले नेपाल भ्रमण बर्ष २०२० को नारा लाउँदै गर्दा प्रदुशित र अव्यवस्थित काठमाडौं हाम्रो लाजको रुपमा नभई गहनाको आकर्षक प्रस्तुत गर्न जरुरि छ,नत्र यहाँ भएका पर्यटकिय गन्तव्य पनि यहि लाजले नछोपिएला भन्न सकिदैँन । हामी जनताले सधैं सरकारलाई गाली गर्नु भन्दा सफा, शुन्दर र व्यवस्थित काठमाडौं देख्न आ–आफ्नो पक्षबाट सक्दो भुमिका निर्वाह गरौं । नेपाल भ्रमण बर्ष सफल पारौं ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्