टप फिचर

डडेल्धुरामा डेंगुका बिरामी भेटिए

By Thah Online

February 24, 2020

डडेल्धुराको अमरगढी नगरपालिका ६ दुमडाका एक बिरामीमा डेंगुको लक्षण पाइएको डडेल्धुरा अस्पतालले जनाएको छ । गर्मी नलाग्दै डडेल्धुरामा डेंगु देखा पर्न थालेको हो । गत वर्ष जिल्लामा १२ जनामा डेंगु रोग देखा परेको थियो ।

दुमडाका एकजना बिरामी डडेल्धुरा अस्पतालमा उपचार गराउन आउँदा चेकजाँचपछि उनमा डेंगुको लक्षण भेटिएको अस्पतालका ल्याब प्रमुख ईश्वरीप्रसाद भुसालले बताए । बिरामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए । केही वर्ष यतादेखि डडेल्धुराका उच्च लेकाली भेगमा पनि लामखुट्टे देखा पर्न थालेका छन् ।