यी खानेकुरा दिनहुँ खादा यस्तो फाइदा हुन्छ



हरियो साग
हरियो सागमा भिटामिन, प्रोटिनलगायत तत्त्व प्रशस्त पाइन्छन्। सागले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। हरियो सागमा प्रचुर मात्रामा आइरन पाइन्छ। भिटामिन ‘ए’ र ‘बी’ पनि हुन्छन्। सागपातलाई राम्ररी पखाल्नुपर्छ। साग धेरै बेरसम्म पकाउनु हुन्न। बढी पकाउँदा त्यसमा विद्यमान भिटामिन नष्ट हुन्छन्।

दूध
दूध क्याल्सियमको मुख्य स्रोत हो। यसबाहेक दूधमा प्रोटिन, म्याग्नेसियम, फस्फोरस, जिंक र भिटामिन ‘बी’ पनि पाइन्छन्। क्याल्सियमले हड्डी बलियो बनाउँछ। राति सुत्नुअघि दूध खाँदा मीठो निद्रा लाग्छ।

फलफूल
हरेक दिन एक कचौरा फलफूल खाँदा शरीरलाई आवश्यक पर्ने भिटामिन र विभिन्न तत्त्व पाइन्छन्। नियमित फलफूल खानु स्वास्थ्यका लागि लाभदायी छ। फलफूलको साटो तिनको जुस पनि खान सकिन्छ।

अण्डा
अण्डामा प्रचुर मात्रामा पौष्टिक तत्त्व हुन्छन्। अण्डा खाँदा शरीरले विभिन्न भिटामिन र प्रोटिन पाउँछ। गर्भवती महिलाका लागि अण्डा झनै लाभकारी हुन्छ।

दाल
दालमा प्रोटिन अत्यधिक हुन्छ। फाइबर पनि उस्तै हुन्छ। प्रशस्त फाइबरले वजन कम गर्न मद्दत गर्छ। रहरको दाल मधुमेह, क्यान्सर, मुटुसम्बन्धी रोगीका लागि लाभदायी छ। साथै, यसले हड्डीसम्बन्धी समस्याबाट पनि छुटकारा दिलाउँछ। चना, मुसुरो, मुगको दालले विभिन्न रोगको जोखिमबाट बचाउँछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्