छतवाट खस्दा एक वालकको मृत्यु



जेष्ठ १९ दाङ । दाङमा छतवाट खस्दा एक जना वालकको मृत्यु भएको छ । छतमा खेलीरहेको अवस्थामा खेल्दाखेल्दै खस्दा राप्ती उप–क्षेत्रिय अस्पतालमा कार्यरत डा. जित नारायण यादवका ८ वर्षिय छोरा आदित्य यादवको मृत्यु हो ।falling_w1

राप्ती उप–क्षेत्रिय अस्पतालको डाक्टर क्वाटर भवन वसोवास गर्दै आएको मृतक यादव भवनको छतमा खेल्ने क्रममा खसी मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । राप्ती उप–क्षेत्रिय अस्पतालका मेडिकल सुपरीटेण्डेन डा. जर्नाधन पन्थीले भवनको छतमा खेल्दै गरेका मृतक यादव खेलदाखेल्दै एकाएक छतवाट खस्दा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । घटना पछि उपचार क्रममा करिव ६ ः१५ वजे अस्पतालले मृत घोषणा गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्