चर्चित हलिउड निर्माता हार्वी वाइनस्टिन याैन दुर्व्यवहार मुद्दामा दोषी ठहर



काठमाडाैं । हलिउडका चर्चित फिल्म निर्माता हार्वी वाइनस्टिन यौन दुर्व्यवहार र बलात्कार मुद्दामा दोषी ठहरिएका छन् । वाइनस्टिनविरुद्ध ८० जनाभन्दा धेरै महिलाहरुले यौन दुर्व्यवहारकाे आरोप लगाएका थिए । तर पाँच जना महिला र सात जना पुरुषको ज्युरीले पाँच दिनसम्म विचार विमर्श गरेपछि वाइनस्टिन ‘थर्ड डिग्री रेप’ र ‘फर्स्ट डिग्री’ आपराधिक यौन गतिविधिमा दोषी ठहरिएका हुन् ।

यो विषयमा उनलाई २५ वर्षसम्मको सजाय हुन सक्ने बताइएको छ । वाइस्टिनमाथि दुई जना महिलालाई बलात्कार र यौन आक्रमण गरेको आरोपमा लस एन्जेल्समा मुद्दा चलिरहेको छ । तर ६७ वर्षीय वाइनस्टिनमाथि ‘फस्र्ट डिग्री रेप’ अर्थात् बलात्कार जस्तो कुनै गम्भीर विषयमा दोषी साबित भएका छैनन् ।

चर्चित अभिनेत्री एन्जेलिना जोली र ग्विनेथ पाल्त्रोव लगायत हलिउडसँग जोडिएका चर्चित महिलाहरुले हार्वी वाइनस्टिनमाथि यौन दुर्व्यवहारकाे आरोप लगाएका थिए । उनीविरुद्ध कैयौँ महिलाहरुले अघि सरेपछि अभियान मजबुत हुँदै गएको थियो । त्यसपछि विश्वभरका महिलाहरुले आफूसँग भएको यौन दुर्व्यवहारकाे अनुभव सामाजिक सञ्जालमा साझा गरेका थिए ।

वाइनस्टिनलाई हलिउडको सबैभन्दा शक्तिशाली हस्तीमध्ये एक मानिन्छ । उनी हिलारी क्लिन्टन र बराक ओबामाको पार्टीलाई चन्दा दिने व्यक्ति पनि हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्