काँग्रेसको घोषणा पत्रमा रेल सञ्चालन देखि प्रदेशीक राजधानी सम्म




सैघाली खबर
दाङ, १ मंसीर । मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि दाङमा कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेस दाङले आज शुक्रवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि घोषणपत्र सार्वजनिक गरेको हो । घोषणपत्रको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सिचाई मन्त्री दिपक गिरी, जिल्ला सभापति किर्तिबहादुर खड्का लगायतका नेताहरुले सार्वजनिक गर्नुभएको थियो । घोषणपत्रमा दाङमा  रेल सञ्चालन देखि प्रदेशिक राजधानी सम्मको दाङलाई बनाउँने कुरा घोषणापत्रमा उल्लेख गरिएको छ ।
दाङ–देउखुरीको व्यवस्थित विकास निर्माणका लागि गुरु योजना तयार पर्ने, परिणम मुखि विकास योजनालाई प्राथमीकता दिने घोषण पत्रमा समावेश गरिएको छ । घोषण पत्रमा उल्लेख भए अनुसार जिल्लालाई दाङ उपत्यकालाई स्मार्ट सिटीको रुपमा विकास गरिने समेत उल्लेख गरिएको छ ।

घोषणा पत्रमा एक घर एक विरुवा देखि एक उद्यान कार्यक्रम लागु गरिनेछ, दाङमा ईन्धनको रुपमा गुईठा प्रयोग गर्ने परिवारलाई वैकल्पिक ईन्धन तर्फ उन्मुख गराई गुईठा प्रयोग मुक्त बनाईने छ । यस्तै जलस्रोत संरक्षणकालागि अल्पकालित र दिर्घकालिन योजना निर्माण गरिने छ भने लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापा लगायत देशका सहिदहरुको सम्झनामा दाङको महत्वपूर्ण ठाँउमा सहिद स्मारक बनाईने छ ।
घोषणा पत्रमा उल्लेख भए अनुसार कांग्रेसले दाङलाई हरेक क्षेत्रमा समृद्ध बनाउने परिकल्पना गरेको छ । आज अनुसार स्तरिय निशुल्क विद्यालय स्थापना, दंगाली जनताको स्वास्थ्य बिमा, मासु कुखुरा, माछा, धान र तरकारीमा जिल्लालाई आत्मनिर्भर, सबै वडाहरुलाई जोड््ने पक्की सडक निर्माण, सबै बस्तीमा उज्यालो पु¥याउदै दाङलाई लोडसेडिमुक्त बनाउने, प्रत्येक वडामा एक जलाशय निर्माण गर्ने, जिल्लाको प्रत्येक वडामा १५ शैयाको स्तरिय अस्पताल निर्माण गर्ने, विद्युतिय सवारी साधन प्रयोगमा ल्याउने, जिल्लामा रेल सेवा सञ्चालन गर्ने, प्रदेश स्तरिय हवाई विमानस्थल निर्माण गर्ने योजना रहेका छन् ।

 

यस्तै सिमानाका लमही–कोईलाबास सडक कालोपत्रे गर्ने, अन्तराष्ट्रिय स्तरको खेल मैदान निर्माण, तटबन्धमा देउखुरी सुरक्षित हुने, भालुवाङ–लमही–घोराही–तुलसीपुर–अमेलिया सडक खण्डलाई ६ लेनको करिडोर सडक स्तर उन्नतिसँगै अन्य महत्वपूर्ण सडक विस्तार गर्ने योजना घोषणपत्रमा उल्लेख छ ।
कांग्रेसका जिल्ला सभापति किर्तिबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रिय सदस्य गिरीले घोषणा पत्रमा उल्लेख गरिएका हरेक बुँदा कार्यान्वयन हुने बताउनुभयो । उहाँले कांग्रेसले जनतालाई चिल्ला कुरा गरेर आश्वासन बाढ्ने भन्दै आफूहरुले गरेको प्रतिवद्धता पुरा गरेको र आगामी दिनमा पनि पुरा गर्ने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्