दाङको मसुरीयामा अज्ञात गाडीको ठ क्करबाट पैदलयात्रुको मृ त्यु



ओमप्रकाश गुप्ता, सिसहनियाँ । दाङको देउखुरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक पैदलयात्रुको घटना स्थलमै मृत्यु भएको छ ।

सोमबार राती १०:५० बजेको समयमा राप्ती गाउँपालिका ३ मसुरीयामा सोही ठाउँ बस्ने वर्ष ४९ का लोकमणी पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगाबहादुर सारूले जानकारी दिएका छन् ।

घटना भए लगत्तै प्रहरी त्यहाँ पुगेको थियोे । मृतकलाई अहिले लमही अस्पतालमा राखिएको छ । भने ठक्कर दिने गाडीको व्यापकरूपमा खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतकको टाउकोमा गहिरो चोट लागेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्