बिप्लव नेतृत्वको अखिल क्रान्तिकारीद्वारा १४ गते शैक्षिक हडताको घोषणा



काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन क्रान्तिकारी जिल्ला समिती नवलपरासिले गिफतार आफ्ना संगठनका बिद्यार्थि नेताहरुको रिहाईको माग गर्दै १४ गते देशव्यापी शैक्षिक हडतालको घोषणा गरेको छ ।

संगठनका संयोजक सुशिल परियाले बिज्ञप्ति जारी गर्दै गिरफतारमा परेका संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल र केन्द्रिय कोषाध्यक्ष नरेन्द्र वि क को रिहाईको माग गदै बिरोध स्वरुप १४ गते शैक्षिक हडतालको घोषणा गरेका हुन् ।

साथै नवलपरासी जिल्लामा रहेका सम्पुर्ण शैक्षिक संघसंस्थाहरु बन्द गरि सहयोग गरिदिन अपिल गरेका छन् । जनयुद्ध दिवसको कार्यक्रममा सहभागी भएकाबेला अध्यक्ष ढकाललाई र फाल्गुन ५ गते कोषाध्यक्ष वि.क लगायतकालाई प्रहरीले पक्राउ गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्