प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रतिपक्षको अवरोध नरहने



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनको बार्गेनिङ गरेको टेप सार्वजनिक भएपछि प्रतिपक्षीको अवरोधका कारण स्थगित भएको बैठक आज दिउँसो एक बजे बस्न लागेको हो ।

आजको बैठक भने सुचारु हुने बताइएको छ । यसअघि हिजो बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले आजको बैठक अवरोध नगर्ने निर्णय गरेको थियो ।
यसअघि विभिन्न माग राख्दै पटक पटक संसद अवरुद्ध पारेको कांग्रेसले आज भने संसद अवरुद्ध नपार्ने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्