सवारी दु-र्घटनमा परी ६ जनाको मृ-त्यु



काठमाडौं, अर्घाखाँची, रुपन्देही र दाङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दु-र्घटनामा परी ६ जनाको मृ-त्यु भएको छ ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका(१५ ढुंगेअड्डास्थित सडकमा थानकोटबाट कलंकीतर्फ जाँदै गरेको ना।६ ख २८७१ नम्बरको ट्रकको ब्रेक फेल भई बा।८४ प १८१० नम्बरको स्कुटर सहित १२ वटा सवारी साधनलाई ठ-क्कर दिँदा ग-म्भीर घाइते भएका स्कुटर चालक चितवन टाँडी घर भई हाल काठमाडौं गोगंबु बस्ने ३३ वर्षीय शम्सेर गुरुङको वीर अस्पताल ट्रमा सेन्टरमा उपचारको क्रममा सोमबार राति मृ-त्यु भएको छ ।

दु-र्घटनामा घाइते भएका ९ जनामध्ये ७ जनाको शहिद मेमोरियल अस्पताल कलंकी, १ जनाको नेपाल नेशनल अस्पताल र १ जनाको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाडौं, टोखा नगरपालिका(१० गणेशस्थान नजिक सडकमा ना।१६ प ९१३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठक्कर खाई सोमबार राति दु-र्घटना हुँदा ग-म्भीर घा-इते भएका चालक नुवाकोट पंचकन्या गाउँपालिका(२ घर भई हाल काठमाडौं मनमैजु बस्ने ३० वर्षीय हित बहादुर तामाङको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृ-त्यु भएको छ । दु-र्घटनामा घाइते भएका मोटरसाइकलमा सवार नुवाकोट शिवपुरी गाउँपालिका(२ घर भई हाल मनमैजु बस्ने २८ वर्षीय सुनिल थापामगरको शिक्षण अस्पताल महाराजगंज लगिएकोमा थप उपचारको लागि ग्रिनसिटी अस्पताल रिफर गरिएको छ ।

अर्घाखाँची, भूमिकास्थान नगरपालिका(१० लक्ष्मीडाँडास्थित सडकमा लु।४ त ४५३९ नम्बरको ट्याक्टर सोमबार दिउँसो सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक सन्धिखर्क नगरपालिका(११ डिभर्ना बस्ने २४ वर्षीय दिनेश बिश्वकर्माको घटनास्थलमै मृ-त्यु भएको छ ।

यसैगरी अर्घाखाँची, भूमिकास्थान नगरपालिका(४ धारीपोखरीस्थित सडकमा लु।५६ प ९०१९ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने ३४ वर्षीया लक्ष्मी विकलाई ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार भूमिकास्थान नगरपालिका(४ बस्ने ३५ वर्षीय चोपलाल घर्तीको छाँया मेडिकल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका पैदलयात्री विकको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका(९ मंगलापुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दाङ, राप्ती गाउँपालिका(३ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीय नारायण प्रसाद पाण्डेको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्