दुर्गाथली गाउँपालीकाको गाउँसभा हिउँदे अधिवेशन सुरु




उत्तम कुमार थापा / बझाङ
दुर्गाथली गाउँपालीकाको हिउदे अधिवेशन सुरुभएको छ । जिल्लाको दुर्गाथली गाउँपालीकामा आर्थिक बर्ष २०७६र०७७ को हिउँदे अधिवेशन सुरुभएको हो ।

स्थानीय तहको निर्वाचन सम्पन्न भए पछि विभिन्न स्तरका योजनाहरुको समीक्षा ,तथा योजना छनोट सम्वन्धी जानकारी गराउनका लागि हिउदे अधिवेशन सुरुभएको गाउँपालीका प्रवक्ता महेश प्रशाद जोशीले बताए ।

आज सुरुभएको गाउँसभा कार्यक्रममा दुर्गाथली गाउँपालीका अध्यक्ष प्रयागराज जोशीको अध्यक्षतामा सुरुभएको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य साँसद भैरव बहादुर सिह बिशिस्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्याय गाउँपालीका उपाध्यक्ष पार्वती देवी जप्रेल नेकपा बझाङ जिल्ला सहईन्चार्ज देवराज रेग्मी लगाएत वडा नम्बर एक देखि ७ सम्मका अध्यक्ष जनप्रतिनिधिहरु रहेका थिए ।

कार्यक्रमको उद्घाटन भने साँसद सिहले गरेका थिए ,स्वागत मन्तव्य गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्यायले राखेका हुन । कार्यक्रममा विभिन्न राजनीतिक दल सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु लगाएत जनसमुदायहरुको उल्लेख्य उपस्थिति रहेको थियो भनी प्रवक्ता जोशीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्