दिल्लीमा नागरिकता संशोधन कानूनको विरोधमा क्रममा सातको मृ त्यु, ३५ घा इते



भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन कानूनको विरोध र समर्थनमा प्रदर्शनमा उत्रिएकाहरुबिच भएको भिडन्तमा मृ त्यु हुनेको संख्या सात पुगेको छ । अरु ३५ जना घा इते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दिल्लीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री अमित शाहले बैठक बोलाएका छन् । गृहमन्त्री शाहसँगको बैठक पूर्व दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पत्रकार सम्मेलन गरी भि डन्त भएको क्षेत्रमा प्रहरीको संख्या कम रहेको र प्रहरीसँग कारवाही गर्ने अधिकार पनि नरहेको बताएका छन् । लाठी चार्ज गर्ने तथा हवाई फायर गर्ने बाहेकको आदेश प्रहरीले नपाएको उनले बताएका छन् ।

बाहिरबाट धेरै मानिस आएकाले सीमा बन्द गर्ने तथा शंका लागेकाहरुलाई पक्राउ गर्नु पर्ने उनले बताएका छन् । उनले सबै धर्म मान्ने व्यक्तिको शान्ति बैठक गर्न र त्यसमा स्थानीय विधायक पनि सहभागी हुन भनेका छन् ।

सोमबार तीन सर्वसाधारण तथा एक प्रहरीको मृ त्यु भएको समाचार संस्था एएनआईले जनाएको छ । मंगलबार बिहान थप तीनजनाको मृत्यु भएको हो । उनीहरुका बारेमा थप विवरण आएको छैन । घाइतेहरुको दिल्लीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्