कर्मचारी बिवाद हुनुमा नगरप्रमुख नै मुख्य दोषी, कर्मचारीले पेन डाउन गर्ने



टेकबहादुर पुन, दाङ्ग । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) क्षत्रिय समन्वय कमिटि क्षत्र नम्बर १ दाङ्गले लमही नगरपालिकामा कर्मचारी बिबाद चुलिनुमा नगरप्रमुख नै मुख्य दोषी रहेको निष्कर्ष निकालेको छ । नेकपा क्षत्रिय समन्वय कमिटिले मँगलबार एक बिज्ञप्ती जारी गर्दै सो निष्कर्ष निकालेको हो ।

जनप्रतिनिधिको नेतृत्वका हिसाबले नगरप्रमुख कुलबहादुर केसीको स्वईच्छाचारी कार्यशैली, सुन्यजवाफ देहिता र लम्पसारबाद प्रबृतीले नै नगरपालिकामा कर्मचारी बिबाद चुलिएको क्षत्रिय सँयोजक मिना गुरुङ्ग द्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ । पछिल्लो समय नगरपालिकाको अान्तरिक बिवादले बिद्रोहको रुप लिँदै गरेको अबस्थामा कमिटिको ध्यानाकर्षण भएको बिज्ञप्तीमा जनाईएको छ ।

प्रमुख कार्यकारी अधिकृतको नोकरलाही, सामन्ती हैकमबाद प्रबृतीले गर्दा सम्पुर्ण कर्मचारी असन्तुष्ट रहेको भन्दै उनिहरुको अान्दोलनमा कमिटिले पुर्ण साथ समर्थन सहित एक्यबद्दता जनाएको छ । कार्यपालिकाका बहुमत जनप्रतिनिधि हरुले उठाएको सरुवाको बिषयमा पनि कमिटिले साथ समर्थन सहित एक्यबद्दता जनाएको छ । नगरप्रमुख, उपप्रमुख र कार्यकारीको कार्यशैली र व्यवहार प्रती लामो समयदेखीको जनगुणासो र प्रश्नचिन्ह उत्पन्न हुनाले पनि कमिटिलाई अझ गम्भीर बनाउन बाध्य पारिएको बिज्ञप्तीमा भनिएको छ ।

कमिटिले कर्मचारीको अान्दोलन र जनगुणासो लाई एकीकृत रुपमा यथोचित र यथासिघ्र सँबोधन गर्नका लागी नगरकार्यपालिका लाई ठोस र ब्यबहारिक कदम उठाउन अनुरोध गरेको छ ।

यता, नगर अन्तर्गतका कर्मचारी हरुले संघर्षका कार्यक्रम अन्तर्गत हातमा कालो पट्टि बाँधेर काम शुरु गरेका छन् । उनिहरुले १४ गते २ घण्टा र १५ गते ५ घण्टा कलम नचलाउने (Pen down) संघर्षको कार्यक्रम छ । यतिगर्दा पनि कार्यकारीले अाफ्नो निर्णय फिर्ता नलिए १६ गतेदेखी काम काज ठप्प पारिने कर्मचारी हरुको भनाई छ ।

लमही नगरपालिकाका कार्यकारी गेहेन्द्र बहादुर डाँगीले विधि र पद्दतीलाई भुली २ जना कर्मचारी लाई जवरजस्ती सरुवा सहमती लिन बाध्य पारेका थिए भने १ जना कर्मचारीलाई जागिरमा नरहने गरि बरखास्त गरेका थिए । त्यसैको बिरोधमा अहिले नगर अन्तर्गतका कर्मचारी र जनप्रतिनिधि तथा सरोकार वाला एक भएका छन् । नगर प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेलबासे र ५ नम्बरका वडाध्यक्ष बिम बहादुर केसी भने कार्यकारी कै पक्षमा देखिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्