छैठौ कर सप्ताह शुरु




शरद रेग्मी
दाङ , १ मंसिर । ,हाम्रो पौरख हाम्रो कर राष्ट्र निर्माणको दिगो भर, भन्दै आन्तरिक राजश्व कार्यालयले देश भर शुक्रवार देखि छैठौ कर सप्ताह मनाउन शुरु गरेको छ । आन्तरिक राजश्व कार्यालय तुलसीपुरले विभिन्न कार्यक्रमका विच आज देखि कर सप्ता शुरु गरेको छ । हामीले तिरको कर हाम्रै विकासका लागि आधुनिक र समृद्ध नेपाल निर्माणका लागि भन्ने मुख्य नाराका साथ आज देखि दाङमा पनि कर सप्ताह मनाउन शुरु गरिएको हो । गत वर्ष जस्तै आम उद्योगी व्यपारी व्यवसायी र सरोकारवाला संगको सहकार्यमा छैठौ राष्ट्रिय कर दिवस २०७४ मनाउन शुरु भएको छ ।

शुक्रवार एक कार्यक्रमका विच तुलसीपुरमा प्रभात फेरी को आयोजना गरी कर सप्ताह शुरु गरेको हो । आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख वावुराम गौतमको सभापतित्वमा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले जन्ताले तिरेको कर जन्ता कै सेवा सुविधामा लगाउनु पर्ने वताएका छन् । उनीहरुले झन्जटिलो कर नितिलाई सुलभ र सामान्य वनाउन समेत सुझाव दिएका छन् । वक्ताहरुले राज्यले अझै पनि समग्र कर नितिका वारेमा जनतालाई प्रष्ट पार्न नसकेको भन्दै कर शिक्षालाई प्रभावकारी वनाउन आग्रह गरेका छन् । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावत, अडिटर एसोसियसन दाङका अध्यक्ष रमेश के.सी., दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष टंक सिंह वुढाथोकी लगायतले वोल्नु भएको थियो । कार्यक्रमको संचालन उदय के.सी.ले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्