शैक्षिक हड्‍तालको पूर्वसन्ध्यामा क्रान्तिकरीद्वारा काठमाडौंसहित देशभर मशाल जुलुस



काठमाडौं । अखिल क्रान्तिकारीले मशाल जुलुस निकालेको छ । भोलि (बुधबार)को लागि आह्‍वान गरेको एकदिने आम शैक्षिक हड्‍तालको पूर्वसन्ध्यामा काठमाडौंसहित देशभर मशाल जुलुस निकालेको हो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी काठमाडौंले म‌ंगलबार साँझ जैसी देवललगायतका आधा दर्जन ठाउँहरुमा मशाल जुलुस निकालेको थियो ।

संगठनका अध्यक्ष चिरञ्‍जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र बिकसहितका गिरफ्तार नेता-कार्यकर्ताहरुको रिहाईको माग गर्दै अखिल क्रान्तिकारीले बुधबार आम शैक्षिक हडतालको घोषणा गरेको थियो । उक्त हडताल सफल पार्ने उद्देश्यले मंगलबार साँझ देशभर मशाल जुलुस निकालेको अखिल क्रान्तिकारीले जनाएको छ ।

काठमाडौंसँगै भक्तपुर, ललितपुरका विभिन्‍न स्थानहरुमा अखिल क्रान्तिकारीले मशाल जुलुस निकालेको छ । विद्यार्थीहरुले गिरफ्तार नेत रिहा गर, अघोषित प्रतिबन्ध फिर्ता गर, अखिल क्रान्तिकारी जिन्दावादजस्ता नारा लगाएका थिए ।

उपत्यकाबाहिर पाेखरा, चीतवन, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, दिपायल, पूर्वकाे हेटाैडा, बिराटनगर, धरानसहितका शहरहरूमा पनि क्रान्तिकारीले मशाल जुलुस निकालेको छ । यसैबीच अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टले मंगलबार एक विज्ञप्ति जारी गरेर शैक्षिक संस्था बन्द गरी सहयोग गर्न सरोकारवाला सबैलाई आह्वान गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्