रिहाईको माग



सैघाली खबर
दाङ, १ मंसिर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ‘क्रान्तीकारी’ आफ्ना नेताहरुको रिहाईको माग गरेको छ । शुक्रवार क्रान्तीकारीकी जिल्ला अध्यक्ष प्रितिमा चौधरीले विज्ञप्ती जारी गरी यस्तो माग गर्नुभएको छ ।

विहिवार राजनैतिक आस्थाका भरमा पद्यमोदय पब्लिक नमुना माध्यामिक विद्यालय भरतपुर विद्यालयका व्यावस्थापन समितिका अध्यक्ष दिपेन्द्र घर्ति र नेकपा नेता पाटन लाई स्थानिय प्रशासनले गरेको गिरफ्तार आपत्ती जनाउदै तत्काल रिहाईको माग गरिएको छ ।

स्थानिय प्रशासनले रिहाई नगरे आईतवार देखी चरणवद्ध शैक्षिक आमहडताल गरिने चेतावनी दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यसैविच अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ‘क्रान्तीकारी’ भरतपुर विद्यालय ईकाइ समितिले पनि अध्यक्ष घर्तिको तत्काल रिहाईको माग गरेको छ । दिवा संकाय अध्यक्ष गोपाल रोका र प्रभात संकायका अध्यक्ष प्रविण शर्माले विज्ञप्ती जारी गर्दै यस्तो उल्लेख गरेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्