उम्मेदवार माथिको आक्रमणका विप्लप नेतृत्वको पार्टीको संलग्नता



सैघाली खबर
काठमाडौं,२ कार्तिक

उम्मेदवार माथि भएका घटनाको जिम्मेवारी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । पार्टीका पोलिटब्युरो सदस्य ओम प्रकाश पुनले घटनामा आफ्नो पार्टीको संलग्नता रहेको बताउनुभयो । सरकारले आफ्नो पार्टीका नेता कार्यकर्ता पक्राउ गरेकाले यस्ता घटना गराएको उहाँले बताउनुभयो ।

गण्डक क्षेत्रबाट सम्पर्कमा आउनुभएका पुनले आफुहरुलाई सरकारले जबरजस्ती भुमिगत बनाएको आरोप लगाउनुभयो । उहाँले निर्वाचन कुनैपनि हालतमा सफल हुन नदिने आफ्नो पार्टीको उदेश्य रहेको बताउनुभयो । अझै जनयुद्ध नसकिएको बताउँदै पोलिटब्युरो सदस्य पुनले निर्वाचन बिथोल्नु पनि जनयुद्धकै एउटा चरण रहेको बताउनुभयो । उहाँले सरकारले आक्रमण गरेकाले आफुहरु प्रत्याक्रमणमा उत्रिएको पुनको भनाई छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्