नुवाकोटको पर्यटकिय स्थल फिकुरी डाडाँमा हिउँको रौनक (फोटो फिचर )



नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. २ को फिकुरी डाडाँमा हिउँको रौनक छाएको छ । हिउँ परेसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा पनि वृद्धि भएको गाउँपालिकाले जनाएको छ । ३८०० मिटर उचाईको फिकुरे डाँडाँबाट लाङटाङ, गणेश हिमाल, मनाश्लु, गोसाइकुण्ड रेन्ज सहजै देख्न सकिन्छ ।

नेपाल भ्रमण वर्ष २०२० तथा आन्तरिक पर्यटकलाई प्रर्वद्धन गर्न निस्किएको फिकुरी ट्रेल एक्सप्लोरेशन टोली बुधबार फिकुरी डाँडाँमा पुगेको छ। सँगै ट्रेकिङमा जाने पर्यटकलाई ट्रेनिङको पनि व्यवस्था रहेको रसुवा ट्रेकका सञ्चालक गगन राज न्यौपानेले बताए ।

रातभर अत्याधिक हिमपात परेपनि त्यस्तो असहज केही नभएको सहभागीहरूले जनाएका छन्। करिब ३ फिटसम्म हिउँ जमेको भए पनि भेडाखर्क बसाइ सहज रहेको एक्सप्लोरेशन टिमका संयोजक उर्जा तामाङले बताए ।

हेर्नुहोस यस्तो छ हिउँ परे पछिको दृष्य

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्