मुख्य समाचार

राप्रपा बर्दियाका प्रत्यक्ष उमेद्धार निश्कृय

By थाहा अनलाइन

November 18, 2017

 

सैघाली खबर बर्दिंया ,२ कार्तिक

राष्ट्रिय प्रजातन्त्र पाटी बर्दियाले प्रत्यक्ष तर्फका उमेद्धारहरुको उमेद्धारी निश्क्रय गर्ने निर्णय गरेको छ । आज बर्दियाको गुलरियामा भएको पाटीका जिल्ला पधाधिकारी बैठकले पाटी केन्द्रको निर्देशन अनुसार लोकतान्त्रिक गठबन्धनको मुल मर्मलाई आत्मा साथ गर्दै प्रतिनिधी सभा प्रत्यक्ष तर्फ उमेद्धारी दिन रोकिएको र प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ क मा किष्ण बहादुर चन्द, ख मा मगरे गोडिया, क्षेत्र नम्बर २ ख मा मणिराम बिष्टको उमेद्धारी परेकोमा प्रत्यक्ष तर्फका उमेद्धार निश्कृय रहने, प्रत्यक्ष तर्फ लोकतान्त्रीक गठबन्धनका नेपाली काँगे्रसका उमेद्धारहरुलाई समर्थन गर्ने, समानुपातीक तर्फ राप्रपाको गाँई चिन्हमा मतदान गर्न सिंगो पाटी पंती र बर्दियाबासी आम जनसमुदायहरुलाई अपिल गर्ने निर्णय गरिएको पाटीका जिल्ला उपाध्यक्ष लिलाधर शर्माले जानकारी दिनु भयो । साथै बैठकले लोकतान्त्रीक गठबन्धन सँग सुयुक्त सभा तथा प्रचार प्रसार गर्ने निर्णय समेत गरेको छ ।