हरिविजोग विकास



गिरिराज नेपाली
जेष्ठ १९ दाङ । वर्षातको समय सुरु हुन अव केही दिन मात्रै वाँकी छ । तर खोलाहरुमा निर्माणाधिन पुलहरु भने अलपत्र अवस्थामै छन । आधाउधी काम सकिने समय सम्ममा पनि अझै पुल तथा सडकहरु अलपत्र अवस्थामा थुप्रीएका छन । भने अझै ति खोलाहरुका अस्थाई डाईभर्सन समेत निर्माण गर्न सकिएको छैन । वनाइएका अस्थाई डाईभर्सन पनि भत्कीएर नक्सा मात्रै देखिन्छन ।
घोराहीको शहिद गेट देखी कटुवा खोला सम्म करिव १४ सय मिटर ४ लेन सडक विस्तार यही चैत्र मसान्त सम्म निर्माण सम्पन्न गरीसक्नु पर्ने भएता पनि हाल सम्म ३० प्रतिशत कार्य मात्रै निर्माण सम्पन्न भएको छ ।

IMG_1491
२०७१ साल भद्रौ ११ गते निर्माण सुरु गरी २०७२ साल चैत्र मसान्त सम्म सम्पन्न गरिसक्नु भएता पनि म्याद थप्दै लम्वाईरहेका छन । सम्पन्न हुने समयमा भर्खर काम सुरु हुन थालेको छ । भने मेनरोड वासी , व्यापारी र पैदल यात्रीहरु लाई निकै सास्ती खेप्नु परेको छ ।
घोराही मेन स्थितमा डेरी पसल संञ्चालन गरिरहेका विष्णु पौडेलले धुलामे सडकका कारण आफुले पाउनु सम्म दुख पाएको गुनासो गरे । धुलो जति सवै घर भित्रै आउछ । वेच्ने राखिएको खानेकुरा सवै धुलामे पार्छ । खानेकुरा सवै विगार्छ । दिनभरी पसलमै वस्नु पर्छ । नाका प्वालहरु समेत धँुलो भरिन्छ । सकडको फाईदा लिदौ छौ । वन्छ की ? भन्यो फेरी उस्तै छ । भन्दै निकै दुख पोखे । उनले भने सडक ढिलै वने पनि सडकमा पानी झर्काए धुँलो नियन्त्रण गर्न सकिन्छ । तर त्यो पनि ठेकेदारले गर्न सकेको छैन । यसरी कति दिन वस्नु पर्छ । सम्वन्धीत सरोकारवाला लाई वस्ता नभए पछि सर्वसाधरणहरुले निकै सास्ती खेप्नु पर्ने वाध्यता रहेको उनले वताए । घोराहीको ४ लेन सडकको मात्रै यो विजोग होईन । तुलसीपुर निर्माणधिन अवस्थामा रहेको ८ सय मिटर ४ लेन सडकको पनि उस्तै अवस्था छ । सम्झौता अवधी सकिए पनि तोकिएको अवधि भित्र ठेकेदार कम्पनीहरुले काम गर्न नसक्दा यो समस्या खेप्नु पर्ने वाध्यता नै वनेको सडक डिभिजन कार्यालय दाङको भनाई छ । कार्यालयका प्रमुख शिर वहादुर घिमिरेले ठेकेदार कम्पनीको लापरवाहीका कारण विकास निर्माणका कार्यहरु अलपत्र वनेको आरोप लगाए । विभिन्न वाहानावाजीमै ठेकेदार कम्पनीहरुले निर्माण अलपत्र वनाउदा नागरिकहरुले दिनादिन सास्ती खेप्नु परेको उनले वताए । निर्माण लाई समयमै सम्झौता सम्पन्न गराउन कार्यालय थुप्रै प्रयास ग¥यौ । तर त्यो ठेकेदार कम्पनीहरुले कहिले नसुनेको आरोप लगाउदै भने ‘ थुप्रै लिखित ÷मौखिक ’जानकारी दियौ । तर त्यसको कुनै सुनुवाई नभएको उनले दुखेसो पोखे । ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण विकासका योजना अलपत्र अवस्थामा रहेका छन । ४ लेन सडक विस्तारले केही तिव्रता लिए पनि हाल रोकिएको छ । खानेपानी पाईप र विद्युत नहाउटा त्यो काम नै रोकिएको छ । भने गर्नु पर्ने काम पनि ठेकेदारले गर्न सकेको छैन । त्यसका लागी ठेकेदार लाई भनेको छौ । तर ठेकेदारले सुनेका छैनन ।

IMG_1479घोराहीको र तुलसीपुरको ४ लेन सडक विस्तारका लागि १७ करोडको लागतमा निर्माण गर्न लागिएता पनि हाल सम्म आधा रकम निकासा भईसकेको छ । कसैको पनि ३०÷३५ प्रतिशत भन्दा धेरै काम भएको छैन । ववई खोला पुल देखी संग्राम खोला सम्ममा ५ ओटा ठुला क्षमताको पुल निर्माण हुन लागेका छन । सवैको कार्य प्रगति सन्तोषजनक छैनन । करिव साढे ११ करोडको लागतमा निर्माण हुन लागिएको ववई खोला पुलको सम्झौता भएको २ वर्ष पुरा भयो । ०७२ साल १० महिना २५ गते अनक वज्रग्रुप जेभिले ०७५ साल ४ महिना १६ गते सम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने आवधि तोकिएको छ । त्यस्तै कटुवा खोला पुलको अवस्था पनि उस्तै छ । ०७१ साल भदौ ११ गते निर्माण सुरु गरेको पुलको काम २० प्रतिशत मात्रै सम्पन्न भएको छ । जसको ०७४ असोज सम्म मात्रै अवधी रहेको छ । जसको लागत ४ करोड १० लाख ७५ हजार रुपैया लाग्ने भएको छ । ८ करोड ३५ लाखको लागतमा वज्रगु्रप कन्ट्रक्शन प्रालीले निर्माण गर्न लागिएको गुज्रे खोला पुल ०७२ साल १० महिना १७ गते देखी निर्माण सुरु गरेको २ वर्ष सम्ममा २० प्रतिशतथ मात्रै कार्य सम्पन्न भएको छ । त्यस्तै शंकरमालि निर्माण सेवा कम्पनीले ४ करोड ३७ लागतमा ०७१ साल भदौ ११ गते वाट निर्माण सुरु गरेको पत्रेखोला पुल निर्माणको अवस्था पनि उस्तै रहेको वताए । २ वर्षमा करिव काम सकिनु पर्ने वताउदै भने ०७४ भदौ सम्ममा तोकिएको सम्झौता सकिने घिमिरे जानकारी दिए । त्यस्तै रौतहट कन्ट्रक्शन प्रालीले ८ करोड ७ लाख ४ हजारको लागतमा ०७२ साल माघ १० गते देखी निर्माण सुरु गरे पनि हाल सम्म २५ प्रतिशत काम सिध्याई सकेको छ । यसरी आधा समयमा सम्म आधा काम पनि हुन नसक्दा विकास योजनाहरु ढिलासुस्ती भएकाले सर्वसाधरणहरुले सास्ती खेप्नु परेको घिमिरेले वताए ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले यि योजनाहरुमा जनताको प्रत्यक्ष सरोकार रहेकाले जसरी भए पनि तोकिएको समयमा सम्पन्न गराउनु पर्ने वताए । यद्यपी ढिलासुस्ती भएको भए त्यसको पछि सम्वन्धी निकायहरु वा ठेकेदारहरु जवाफ मागी रोकिएका कामहरु छिट्टै पुर्णता दिने वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्