गौचनको हत्यामा प्रयोग भएको पेस्तोल फेला



सैघाल्री खबर
काठमार्डां,२ मंसिर


नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा प्रयोग भएको पेस्तोल फेला परेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको कपनबाट २ वटा पेस्तोल र ८ राउन्ड गोलीसहित वसन्त थेवे र धनराज योङहाङलाई पेस्तोल, कटुवा पेस्तोलसहित बिहीबार बेलुका पक्राउ गरेको थियो। पक्राउ परेका दुवैजना गौचनको गतिविधि निगरानीमा खटिएका र हत्यापछि हतियार लुकाएर राख्न संलग्न रहेको सूचना आएपछि पक्राउ गरेर अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको ब्युरोका डिआइजी पुष्कर कार्कीले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्