निर्वाचन र मानव अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न



रेशम बि.क ,
रोल्पा २ मसिंर।
देशव्यापी रुपमा आगामी मंसिर १० र २१ गतेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै गर्दा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अन्तरर्गत जिल्लामा निर्वाचन र मानव अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ ।

सो अन्तरक्रिया कार्यक्रममा प्रखुम अतिथि एवम् औपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले लामो समयक सङ्घर्षबाट नै नेपाली जनताले प्रगतिशिल संविधान प्राप्त गरेको समयमा प्रगतिशिल संविधानलाई कार्यन्वयन गर्ने माध्यम भनेको निर्वाचन प्रणाली विथोलियो भने राष्ट्रले ठूलो घाटा व्यहोर्नु धारणा व्यक्त गर्नुभयो ।

संविधानमा नै नो भोटका व्यहस्किारको कानूनी व्यवस्था सुनिश्चित भएकाले शन्तिपूर्ण वातारणमा बहिस्कार गर्न बहिस्कार पक्षले ध्यान पु¥याउनु पर्ने आवश्यकता औल्याउनुभयो । निर्वाचन देशव्यापी रुपमा नै चुनावी सर्गमी बढिरहेको समयमा स्वच्छ वातारणमा निर्वाचन सम्पन्न गराउन सम्बन्धित निकायलाई दबाब दिनु नै यो अभियानको प्रमुख लक्ष्य भएको अध्यक्ष प्याकुरेलले बताउनुभयो ।

वर्तमान समयमा रोल्पा जिल्लामा उम्मेद्वार प्रति लक्षित गर्दै बम प्रहार जस्ता घट्नाहरु घटेको अवस्थामा जिल्लामा मानवअधिकारको अवस्था अध्यायनको शिलसिलमा स्वच्छ निर्वाचनका लागि नागिर अभियान लिएर रोल्पा आएको उहाँले बताउनुभयो । जिल्लामा उम्मेद्वार प्रति लक्षित बम प्रहार जस्ता घटनाहरु घट्नुले राष्ट्रि तथा अन्तर्राष्ट्रिय स्तरमा सुरक्षा अवस्थामा चाँसोको विषय भएको समेत उहाँले कार्यक्रममा बताउनुभयो ।

जिल्लामा मानव अधिकार हनन् हुन नदिन जिल्लाका सुरक्षा निकायहरुसँग सो टोली भेटघाट गरेको छ । निर्वाचन बहिस्कार पक्षले पनि बहिस्कारको नाममा संविधानको दायरा भन्दा बाहिर आफ्ना क्रियाकलापहरु सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको अध्यक्ष प्याकुरेलले बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा मानव अधिकार सङ्गठनका महासचिव माहामुश्वर आचार्यले मानव अधिकार सुनिश्चित गर्न निर्वाचन सम्बन्धितका हरेक क्रियाकलापहरु मानव अधिकारबाट निगारी गरी नागरिक अधिकार सुनिश्चित गर्ने उहाँले कार्यक्रममा बताउनुभयो ।

। कार्यक्रमको लक्ष्य उद्वेश्यको विषय वस्तुमा प्रस्तुतिकरण औपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय संयोजक भोला महतले सहजिकरण गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस रोल्पाका जिल्ला सदस्य कविता उपाध्याय, नेकपा (माओवादी केन्द्र) रोल्पाका जिल्ला संयोजक सुरेन्द्र थापा घर्तीमगर, नेकपा क्रान्तिकारी माओवादीका रोल्पा जिल्ला इञ्चार्ज कुमार शाह, नेपाल पत्रकार महासंघ शाखा रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगी, नेपाल पत्रकार महासंघ शाखा रोल्पाका पूर्व अध्यक्ष तथा मानव अधिकारकर्मी खेमबहादुर मगर लगायतका अतिथिहरुले आफ्नो धारणा राख्नुभएको थियो ।

औपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) साधारण सदस्य घनश्याम आचार्यको अध्यक्षतामा सञ्चालन भएको कर्यक्रमको सञ्चालक औपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रोल्पाका प्रतिनिधी माधव कुमार वलीले गर्नुभएको थियो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्