बाम गठबन्धनले जिल्लाको सम्रग विकासको गुरुयोजना लिएको छ – प्रतिनिधी सभाका उम्मेद्वार तथा पूर्वअर्थमन्त्रि पुन



रेशम बि.क ,
रोल्पा २ मसिंर।

आगामी निर्वाचनको मतपरिणाम बाम गठबन्धनको पक्षमा ल्याउने उद्वदेश्यका साथ गठबन्धनले जिल्लाव्यापी रुपमा चुनावी अभियानको क्रममा आज रोल्पा नगरपालिकाको लिबाङ स्थित टुडिखेलमा गठबन्धनको विशाल चुनावी सभा सम्पन्न भएको छ ।

सो चुनावी सभाका प्रमुख एवम् नेपाल सरकारका विना विभागिय मन्त्रि तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य दाङ जिल्लाका क्षेत्र नं २ का प्रतिनिधी सभाका उम्मेद्वार कृष्णबहादुर महराले निर्वाचनको माध्यमबाट राष्ट्रियलाई संक्रमकालीन अवस्थाबाट निकाश दिने समयमा नेकपाले निर्वाचन बहिस्कारको कुनै प्रभाव नपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले अब मंसिर १० र २१ गते देशमा प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न पश्चात् बम गठबन्धनको बहमतिय सरकारबाट देश विकास समृद्धको बाटोमा अगाडीमा बढ्ने समेत दाबी गर्नुभयो ।

त्यसैले देशव्यापी रुपमा चुनावी वातावरण बन्दै गर्दा नेकपाले चुनाव बहिस्कारको नाममा अशान्ति वातावरणको सिर्जनाले गर्ने नेकपाको राजनीतिक अजराकता भएको धारणा व्यक्तगर्नुभयो । देशमा बाम गठबन्धनको सरकारको आवश्यकता परेकोले सम्पूर्ण मतादाताहरुलाई बाम गठबन्धनको साझा उम्मेद्वारलाई अत्याधिक मतले विजय बनाउन रोल्पाको लिबाङ टुडिखेलमा आयोजित बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै रोल्पाली उम्मेद्वारलाई भोट मागिदियो भयो ।

अब बाम गठबन्धनको बहुमतिय सरकारले मात्र रोल्पा जिल्ला र नेपालको सम्रग विकासबाट नेपालीलाई जनतालाई समृद्ध हुने सम्भव भएको दाबी समेत उहाँले गर्नुभयो । उहाँले आगामी निर्वाचनको दिन आम रोल्पाली मतदातालाई पूर्ण विश्वासका साथ निर्वाचनमा मतदान गर्न जानका लागि हार्दिक अनुरोध गर्नुभयो ।

सो कार्यक्रममा रोल्पा जिल्लाका प्रतिनिधी सभाका प्रत्यक्ष उम्मेद्वार एवम् नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय सदस्य तथा नेपाल सरकारका पूर्वअर्थमन्त्रि वर्षमान पुनमगर ‘अनन्त’ले रोल्पा जिल्लाको सम्रग विकासको निम्ति बाम गठबन्धनका साझा उम्मेद्वारले गुरुयोजनाका साथ चुनावी मैदानमा उत्रिएकोले सो गुरुयोजना कार्यान्वयका लागि आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेद्वारलाई अत्याधिक मतल विजय गराउन अनुरोध गर्नुभयो ।

देशव्यापी रुपमा बाम गठबन्धनका उम्मेद्वारलाई लक्षित बम प्रहार भईरहेकोले नेपाल सरकारलाई शान्तिपूर्ण वातारण सिर्जना गर्न उम्मेद्वार पनुले आग्रह गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा रोल्पा जिल्लाका क्षेत्र नं. १ का प्रदेश सभाका प्रत्यक्ष उम्मेद्वार तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय सदस्य कुलप्रसाद के.सी. ‘सोनाम’,ु क्षेत्र नं २ का प्रदेश सभाका प्रत्यक्ष उम्मेद्वार दीपेन्द्र कुमार पुन, ‘सिजल’, निर्वाचन परिचालन समितिका संयोजक तथा नेकपा (एमाले) का पोलिट व्यूरो सदस्य एवम् संसदीय दलका सचेक गोकुलप्रसाद घर्तीमगर, निवार्तमान सभामुख तथा नेकपा (माओवादी केन्द्र)को प्रतिनिधी सभाका सामानुपातिक उम्मेद्वारी ओन्सरी घर्तीमगर, नेकपा (माओवादी केन्द्र) का प्रभावशाली महिला नेतृ तथा प्रतिनिधी सामानुपातिक उम्मेद्वार जयपुरी घर्ती लगायत प्रदेश सभाका सामानुपातिक उम्मेद्वारहरुले चुनावी सभालाई सम्बोधन गर्नुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का प्रदेश सभाका सामानुपातिक उम्मेद्वार, नेकपा (एमाले) का प्रदेश सभाका सामानुपातिक उम्मेद्वार, नेकपा (माओवादी केन्द्र) रोल्पाका जिल्ला संयोजक सुरेन्द्र थापा घर्ती, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख आशबहादुर बुढा ‘अविनाश’, लगायतका अतिथिहरुको आतिथ्यता रहेको थियो । सो कार्यक्रममा जनवादी कलाकार झनकार बुढामगर, नविन खड्का, राष्ट्रिय कलाकार कमल वली लगायतका कलाकारहरुले आफ्नो गीत प्रस्तुत गर्नुभएको थियो ।

सो कार्यक्रममा राप्रपा लोकतान्त्रिकका राप्ती अञ्चल संयोजक तथा रोल्पा जिल्लाका क्षेत्र नं. १ प्रदेश सभाका प्रत्यक्ष उम्मेदवार विरसिंङ ठकुरी राप्रपा पार्र्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभयो ।

त्यस्तै नेकपाका एरिया इञ्चार्ज वीरबहादुर विष्ट, नेपाली काँग्रेसका गनबहादुर विष्ट, राप्रपा धनबहादुर विष्ट, राजामोका घनश्याम घर्ती लगायत नौ जनाले विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेशिहरुलाई कार्यक्रमका प्रमुख अतिथि लगायतका अतिगिहरुले फूलमाला अविरले स्वागत गर्नुभया ।

नेकपा (एमाले)का जिल्ला सचिवनलय सदस्य मानसिंङ डाँगीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका सञ्चालन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य फविन्द्र आचार्यले गर्नुभएको थियो । भने सहभागिलाई स्वागत रोल्पा नगरपालिकाका नगर प्रमुख पुर्ण के.सी.ले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्