मुख्य समाचार

विमा भुक्तानि सहज बनाउन माग

By थाहा अनलाइन

November 18, 2017

दिपक बोहरा, दाङ २ मसिंर। प्रभु इन्स्योरेन्स कम्पनिले शुक्रवार तुलसीपुरमा यातायात व्यवसायीहरुलाई लक्षितगरि बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमका बक्ताहरुले विमा नीतिलाई परिमार्जन गरि विमा रिटर्न अवधि घटाउन माग गरेका छन् । साथै विमा रकम भुक्तानिकालागि झण्झटिलो प्रक्रियालाइ समेत संशोधन गर्न सुझाव पनि दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बीरवहादुर रावत(विरु)ले विमा कम्पनिहरुले विमित व्यक्ति तथा संघसंस्थाहरुलाई झण्झटिलो अवस्थाबाट मुक्त गर्न आग्रह गरे । कार्यक्रमका विशिष्ठ अतिथि नेपाल यातायात व्ययवसायी राष्ट्रिय महासंघका उपमहासचिव तथा राप्ती अन्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष शुरेश हमालले दुर्घटना विमाका सवालमा केहि रकम स्पटमै पुगेर उपलव्ध गराउन समेत आग्रह गरे ।

साथै दुर्घटना विमाका सवालमा संबन्धित विमा कम्पनिले डकुमेन्ट पुगेको अवस्थामा एक सातामै कम्तिमा ५ लाख विमा रकम भुक्तानी गर्नपनि सुझाव उनले दिएका थिए । विमामा एकरुपता ल्याउनुपर्ने भन्दै उनले क्षतिपुर्ती पनि उमेर अनुसार भुक्तानिको निति ल्याउन समेत आग्रह गरे । कार्यक्रममा अर्का विशिष्ठ अतिथि तथा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजालले विमा नीति व्यवसायिहरुको माग वमोजिम समयानुकुल परीमार्जन गर्न समेत सुझाव दिए ।

कार्यक्रममा अम्विकेश्वरी राप्ती सार्वजनिक वस तथा मिनि माइक्रो बस यातायात व्यवसायी समितिका अध्यक्ष ज्ञानवहादुर बस्नेत, राप्ती अन्चल संयुक्त ट्रक व्यवसायी समितिका अध्यक्ष यादव शाह, प्रशासनिक सचिव उमेशचन्द्र मजगंया, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरका उपाध्यक्ष यमकान्त भण्डारी, यातायात व्यवसायिहरु शिवहरी गौतम, प्रितम कुमार श्रेष्ठ, यातायात मजदुर संगठनका मदन वली, ललित शाह, कृष्णप्रसाद गैरे, मोहन सुनार, जितवहादुर खड्का, पत्रकार शुनिल पोखरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रभु इन्स्योरेन्सका सिइओ रञ्चित बज्राचार्यको अध्यक्षतामा भएको थियो