समाचार

किन छ्याप्प छ्याप्ती बम बिस्फोटका घटनाहरु

By थाहा अनलाइन

November 18, 2017

सैघाली खबर, ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट गरिएको छ ।

सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिनुभयो । विस्फोटमा मानवीय क्षति नभएको, सवारी साधनमा सामान्य क्षति भएको र घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिनुभयो ।