उम्मेदवारसंग बेपता परिवारको गुनासो ः कि सास, कि लास चाहियो ?



दिपक बोहरा, पहरुवा २ मसिंर ।
बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नंं. ३ को प्रदेशसभा १ का उम्मेदवार जगप्रशाद शर्मा ‘अपार’ तुलसीपुर १५ पहरुवाका बेपता परिवारको घरमा पुगे । १० बर्षे जनयुद्धका क्रममा बेपता पारिएका ६ परिवारको घरमा माओवादी केन्द्रका नेता समेत रहेका अपार त्यहाँ पुग्दा बेपता परिवार निकै खुसी देखिन्थे । माओवादी केन्द्रका ईमान्दार, नरम स्वभाबका नेताको रुपमा परिचय बनाएका अपार प्रति आशाबादी देखिन्थे । पीडित परिवार त्यहाँ पुग्दा न्याय पाउने आशामा उनीहरु हुन्छन् । अपार त्यहाँ पुग्दा पनि उनीहरुको मनोबल उच्च भएर आएको थियो । त्यो खुसीसंगसंगै बिगतका घाउहरु कोट्याउदा उनीहरुको मन भाबुक बन्न थाले ।

माओवादीले थालेको जनयुद्ध तथा बिभिन्न आन्दोलनका क्रममा त्यहाँका ६ जना बेपता पारिएका छन् । ती परिवारलाई भेटन उम्मेदवार अपार त्यहाँ पुगे । भेटघाट कार्यक्रममा बेपता पारिएका परिवार सल्टैया चौधरीले छोरो बेपता हुदाको बेदनाको पोको फुकाउन खोज्दै थिए । उनको मनमा धेरै पीडाका पोकाहरु भरिएका थिए होला फुकाउन खोज्दै थिए, तर सकेनन् । १७ बर्षको कलिलो उमेरमा छोरोलाई …. भन्दै थिए । तर उनले पोख्न सकेनन् भक्कानिएर रोए ।

त्यस्तै श्रीमान बेपता भएकी सोमली चौधरी, रतिकला चौधरी, लेखा चौधरी, दाई बेपता पारिएकी परशु चौधरी, छोरा बेपता पारिएकी सर्मिला चौधरीले पनि बेदनाको पोको फुकाउन खोज्दै गर्दा आँखाबाट आँशुका धारा बगेका थिए । उनीहरुको आँशुका धार बिगत १५÷१६ बर्ष देखी बग्दै आएका छन् । तर राज्यले उनीहरुका आशु पुछ्न सकेको छैन् । बेपता पारिएका उनीहरुको अहिले सम्म पनि कुनै अत्तो पत्तो छैन् । बेपता परिवारहरुलाई राज्य तथा पार्टीका नेताहरुले पटक पटक बेपता पारिएकाहरुको पहिचान गरिदिने आस्वासन दिएपनि अहिले सम्म उनीहरुलाई न्याय दिन नसकेको गुनासो गरेका थिए ।
बेपता परिवारले बारम्बार भन्दै आएका छन्‘ कि सास चाहियो , कि लास चाहियो ।’ उम्मेदवार संग भएको भेटघाट कार्यक्रममा बेपता पारिएकाहरुलाई शहिद घोषण गर्न माग गरेका छन् । बेपता परिवार भएकै कारण आफुहरुलाई छिमेकीहरुले पनि कुरा हेप्ने गरेको उनको गुनासो थियो ।
पहिलो प्राथामिकतामा राख्ने छु ः अपार
भेटघाट कार्यक्रममा बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा १ का उम्मेदवार जगप्रशाद शर्मा ‘अपार’ले आफ्नो पहिलो प्राथामिकता बेपत्ता परिवारलाई न्याय दिने भएको बताए । उनले आफुले जितेपछि बेपता परिवारलाई न्याय दिने पहिलो काम हुने प्रतिबद्धता समेत जनाए । आफुपनि जनयुद्धको क्रममा पहिलो घाईते हुँदा दाँयाँ आँखा गुमाएको भन्दै बेपता र घाईते परिवारको पीडा गहिरिएर बुझेको बताएका छन् । ‘हामीले सम्बृद्धि र बिकासका लागि लड्यौं’ त्यो उदेश्य पुरा हुँन बाँकि छ’ उनले भने ‘ अझै पनि लडाई जारी छ , जब सम्म उदेश्य पुरा हुँदैन्, तब सम्म लडि राख्ने छौं ।’ बिगतको लडाई फरक शैलीको थियो भने अहिलेको लडाई फरक शैलीबाट अगाडि बढिरहेको उनको भनाई थियो । ‘ हामी अहिले पनि लडाईमा छौं, बिकास र सम्बृद्धिका मार्गमा ल्याउन बलिदान गरेका बेपता र शहिद परिवारलाई हामी कदापी बिर्सन सक्दैनौं’ उनले भने ‘ शहिद र बेपता परिवारलाई बिर्सने हो भने कम्युनिष्ट पार्टी नै रहन सक्दैन ।’

बेपता परिवारको बेदना आफुले बुझेको भन्दै उनीहरुलाई न्याय दिन ज्यान हत्केलामा राखेर लड्ने उनले बताए । ‘ ईमन्दारीताको राजनीति गरेर ३० बर्ष बिताए’ उनले भने ‘ आउँदा दिनमा पनि अन्याय र अत्याचारका लागि डटेर काम गर्नेछु ।’ उनले पीडित, शोषित, दुःखी, गरिबलाई सधै साथ दिने बताएका छन् ।

जनताको न्याय र मुलुकको सम्बृद्धिका लागि एउटै कम्युनिष्ट पार्टी बनाएर अगाडि बढ्ने योजना सहित अहिलेको निर्बाचनमा होमिएको उनको भनाई थियो । एउटै कम्युनिष्ट पार्टीले बेपता र शहिदहरुको सपनालाई साकार पार्ने उनले बताए ।

ब्ततबअजmभलतक बचभब

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्