तालिमले सिप विकास सँगै उद्ममी बनाउँछ : प्रवक्ता चाैधरी



ओमप्रकाश गुप्ता,सिसहनियाँ । राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चाैधरीले कुनै पनि तालिमले सिप विकास सँगै उद्ममी बनाउने बताएका छन् । देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँमा दलित महिलाहरूका लागि सञ्चालित साढे २ महिने कटाई सिलाई तालिमको शनिवार समापन गर्दै सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका प्रवक्ता चाैधरीले तालिम लिएर मात्र नभई कार्यान्वयन हुनुपर्ने बताए । साथै उनले तालिमबाट सिपको विकास भई अार्थिक पक्ष समेत बलियो हुने भएकाले तालिम लिएका सवैले उद्ममी बनेर देखाउन पनि सुझाव दिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय दाङको अायोजना एवम् राप्ती गाउँपालिकाको सहयोगमा तालिम समापन भएको हो ।


घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख उमबहादुर वलीको अध्यक्षतामा तालिम समापन भएको हो । गाउँपालिकाको वडा नम्बर ७ र ८ का ९ जना दलित महिलाहरूको सहभागीताहरूको तालिमको प्रशिक्षकमा सिता परियार रहेका थिए । कार्यक्रमको सञ्चालन घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत बामदेव शर्माले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्