सैघाली खबर,
तुलसीपुर २मसिंर ।
गाउँको विकासका लागि काँग्रेसको निर्वाचन चिन्ह रुखमा मतदान गर्न श्रम राज्य मन्त्रि डिल्लीवहादुर चौधरीले आग्रह गरेकाछन ।
तुलसीपुर उपमहानगर वडानं ३ दमारगाउँमा शनिवार विहान भएको चुनावी सभालाई सम्वोधन गर्दै मन्त्रि चौधरीले त्यस्तोकुरा वताएकाहुन ।
देशमा अहिले सम्म जे जति विकास भएकाछन ति सवै काँग्रेसकै देन हो अव काँग्रेस गाउँको विकासमा केन्द्रित हुन्छ मन्त्रि चौधरीले भने उनले काँग्रेसले जे वोल्छ त्यहि गर्छ भन्दै ७०सालको निर्वाचनमा हामिलाई जिताउनुस नयाँ सविंधान दिन्छौ भनियौं ५वर्ष सम्म कम्युनिष्टहरुले ल्याउन नसकेको नयाँ सविंधान ल्यायौ. अहिले हामिलाई जिताउनुस विकास र समृद्धि हाम्रो मुख्य मिसन हो उनले भने ।
महिलालाई सिप युवालाई रोजगार र माटोसुहाँउदो विकास गरेर देखाउँछौं काँग्रेको चुनाव चिन्ह रुखचिन्हमा छाप लगाई काँग्रेसलाई विजयी वनाउन उनले आग्रह गरे ।
आफुले जिते दोघरे मख्खन टाकुरा सडक ३वर्षमै कालोपत्रे गर्नुका साथै साना सिचाई योजनाहरु सञ्चालन गरि कृषिको विकास गर्ने मन्त्रि चौधरीलेवताए ।
मन्त्रि चौधरीले काँग्रेसले हारे लोकतन्त्र धरापमा पर्ने भन्दै लोकतन्त्रको संरक्षण र देशमा आर्थिक क्रान्ती ल्याउन काँग्रेसलाई जिताउने अभिभारा काँग्रेस कार्यकर्तामा आएको वताए ।
यसैविच त्यहाँ आयोजित चुनावी सभामा विभिन्न पाटि परित्याग गरि तिनजनाले काँग्रेसमा प्रवेश गरेकाछन ।
नेपाली काँग्रेसको तुलसीपुर ३ मिलन चोकमा भएको चुनावी सभामा अन्य पाटि परित्याग गरि उनीहरु काँग्रेसमा प्रवेश गरेकाहुन ।
नव प्रवेशीहरुलाई श्रमराज्य मन्त्रि डिल्ली वहादुर चौधरीले पाटिसदस्यता प्रदान गरी काँग्रेसमा भित्रयाएकाहुन ।
पाटि प्रवेश गर्नेहरुमा केदार गुरुङ ,पृतवहादुर गिरी नेपाल कम्युनिष्ट पाटि परित्याग गरि काँग्रेसमा प्रवेश गरेकाहुन भने उमाकान्त परियार नेकपा एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेकाहुन ।
निर्वाचन प्रचार प्रसार समितिका वडासंयोजक झुपलाल वलीको सभापतित्व एवं श्रम राज्य मन्त्रि डिल्लीवहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको सभामा क्षेत्रिय प्रतिनिधि टोपवहादुर विक वडासमितिका उपसभापति भिमवहादुर वली ,विरेन्द्र प्रकाश मल्ल , लगाएतले वोलेकाथिए ।
कार्यक्रमको वली ,विरेन्द्र प्रकाश मल्ल , लगाएतले वोलेकाथिए ।
कार्यक्रमको सहजीकरण हुमवहादुर विकले गरेकाथिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।