बिकट वडामा आधारभुत सेवा पु¥याउने



सैघाली खबर,
तुलसीपुर ३ मंसिर ।
बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नंं. ३ को प्रदेशसभा १ का उम्मेदवार जगप्रशाद शर्मा ‘अपार’ले तुलसीपुरका बिकट वडाहरुमा आधारभुत सेवा सुबिधा पु¥याउने प्रतिबद्धता जनाएका छन् ।

तुलसीपुर उपमहानगर भित्रको बिकट वडाको रुपमा रहेको ३ नंं वडामा भएको चुनाबी कोणसभालाई सम्बोधन गर्दै उनले बिकट क्षेत्रको सडक, खानेपानी, सिंचाई, सञ्चार, शिक्षा र स्वास्थ्य लगायतका समस्याहरु तत्काल समाधान गर्नुपर्ने बताए । उपमहानगरपालिका भित्र रहेपछि अझै केही वडाहरुमा अझै प्रभाबकारी सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, शिक्षाको पहुँच पुग्न नसकेको भन्दै आफुले जितेपछि तत्काल त्यहाँका समस्या सामाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

साथै बामगबन्धन क्षेत्र नंं. ३ ले प्रचार प्रसारलाई तिब्र पारेको छ । आज तुलसीपुर ७ को कालाखोला, गणेशपुर पार्क, तल्लोडाँडापातु, प्रसेनी, ३ का बिभिन्न ठाउमा चुनाबी सभा भएका हुन् । चुनाबी सभामा दाङ क्षेत्र नंं. ३ को प्रदेशसभा १ का उम्मेदवार जगप्रसाद शर्मा‘अपार’ सहित बामगठबन्धनका नेताहरु कृष्ण भुषाल, खुसीराम चौधरीलगायतको सहभागीता रहेको थियो ।​

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्