संसदमा सभापति देउवाको प्रश्न: ७० करोड बार्गेनिङमा बाँस्कोटाले हामी भनेर कसलाई भनेका हुन् ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भएको ७० करोड रुपैयाँको बार्गेनिङमा छानविन किन नभएको भन्दै संसदमा आपत्ति जनाएका छन् । देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक भएको एक साता सम्म पनि छानविन नहुनु गम्भीर विषय भएको बताए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा सञ्चारमन्त्रीले ७० करोड कमिसन मागिएको अडियो सार्वजनिक भएको एक हप्ता पुइसक्दा पनि छानवीन शुरु नहुनेको पछाडि के नियत ? र यो नियत गम्भीर छ ।

सञ्चारमन्त्रीले हामीलाई कति आउँछ भनेर सोधेको प्रस्ट सुनिन्छ । प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, हामी भनेर कसलाई भनिएको हो र हामी भित्र को को पर्दछन् प्रस्ट गर्नुहोस् । त्यो अडियोको छानवीन निकायले छानवीन गर्नुभन्दा पहिला प्रधानमन्त्रीले त्यो अडियो नक्कली भन्नुभयो, त्यसले छानवीन प्रभावित हुन्छ कि हुँदैन ।

छानवीन हुनु भन्दा पहिला नै तपाईले निर्णय दिनुभयो भने तपाईको बोलिको विश्वसनियता कमजोर भएन ? त्यस्तै नेपाल ट्रस्टको स्वेतपत्र अडियो प्रकरणबाट ध्यान मोड्ने प्रयत्न मा भएको हो । गोकर्ण रिसोर्ट लिज प्रकरणमा ध्यान मोड्ने प्रयास भएको छ । नेपाल टेलिकमको प्रकरणमा अरबौं भ्रष्टाचार भएको कुराहरु आएको छ । एनसेलले ४ अर्बमा सकेको काम एनटीसीलाई १२ अर्ब कसरी लाग्यो ?

म प्रधानमन्त्री भएको बेलामा मेरो प्रत्यक्ष संलग्नतामा नेपाल ट्रसटको जग्गा लीज सम्बन्धी कुनै निर्णय छैन । राजनीतिक पूर्वाग्रहबस मेरो नाम कहि पनि जोड्ने षड्यन्त्रप्रति मेरो आपत्ति छ । पेट्रोलियम पदार्थमा कर बढाएर करको भार बढाउने काम गरेको छ सरकारले ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्