चमेरे गुफा सम्म पुग्ने सडक कालोपत्रै गर्छु ः अपार



सैघाली खबर,
तुलसीपुर ३ मंसिर ।

दाङ क्षेत्र नंं. ३ को प्रदेशसभा १ का उम्मेदवार जगप्रसाद शर्मा‘अपार’ चुनाबी अभियानकै शनिबार क्रममा तुलसीपुरको बिकट वडा ३ को खमारीमा पुगे । करिब ११ बजे कार्यक्रमको तय गरिएको थियो । तर चुनाबको समय , धेरै ठाउको कार्यक्रम गर्नुपर्ने भएकाले पनि त्यहाँ पुग्दा करिब १ बज्नै लागेको थियो । तर १ बजे पनि त्यहाँका बासिन्दा धैयै गरेर उम्मेदवार अपारलाई पर्खिरहेका थिए । उपमहानगरपालिका भएपनि बिकट मानिने त्यहाँका बासिन्दाले उम्मेदवारसंग धेरै गुनासो राख्ने जमार्को गरेका थिए । ‘

पटक पटक काग्रेसको नेतृत्वमा सरकार बन्यो’ त्यहाँका स्थानीय रमित रोकाले भने ‘तर नगरपालिका भित्रकै हाम्रो वडामा बिकास पु¥याएनन् ।’ पटक पटक दाङबाट सरकारमा प्रतिनिधित्व गरेका काग्रेसका मन्त्रीहरुले आस्वासन दिएपनि बिकासको कुनै पनि सिन्को नभाँचेको आरोप लगाए । जसले गर्दा पनि बिकासप्रेमी, सरल र जनताको भाबना बुझ्न सक्ने उम्मेदार पाएपछि उनीहरुले बिकासको आशा गरेका छन् ।

आबश्यक बिकासका योजनाहरु माग पनि गरेका छन् । पर्यटकीय महत्व बोकेको चमेरे गुफासम्म पुग्ने सडक स्तरउन्नतीको माग गरेका छन् । त्यस्तै त्यहाँ सामान्य सिटामोल किन्न पनि तुलसीपुर आउनु पर्ने बाध्यता रहेको भन्दै गाउमै स्वास्थ्य सेवा उपलब्ध गराईदिनु पर्ने माग गरे । त्यस्तै त्यहाँ सहज शिक्षा, खानेपानीको ब्यबस्था गरिदिन पनि माग गरे । चुनाब जितिसकेपछि ती योजना पुरा गर्न तर्फ ध्यान केन्द्रीत गर्न पनि आग्रह गरेका थिए ।

त्यस अबशरमा माओवादी केन्द्रका नेता समेत रहेका अपारले उपमहानगरपालिका भित्रको बिकट क्षेत्र भएकाले त्यहाँको बिकासलाई पहिलो प्राथामिकता राख्ने प्रतिबद्धता जनाए ।

यहाँको पर्यटकीय महत्व बोकेको चमेरे गुफाको संरक्षन, पर्बद्धन तथा चमेरे गुफा सम्म पुग्नेबाटोलाई स्तरबृद्धि गरिदिने प्रतिबद्धता जनाएका छन् । कम्युनिष्टहरुले जे भन्यो त्यो पुरा गरेरै छोड्ने भन्दै उनले आफुले भनेका सबै प्रतिबद्धता पुरा गर्ने समेत बताए । साथै त्यहाँको सहज शिक्षा, स्वास्थ्य, खानेपानीको सहज ब्यबस्थापनका लागि पहल थाल्ने बताए ।​

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्