कोरोनाभाइरस : नेपाल भ्रमण वर्ष स्थगित गर्ने तयारी



काठमाण्डौ । चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस ९कोडिभ–१९० को प्रकोप विश्वभर फैलिए पछि नेपाल भ्रमण वर्ष–२०२० स्थगित गर्ने तयारी भएको छ । औपचारिक घोषणा हुन बाँकी रहे पनि नेपाल भ्रमण वर्ष र सगरमाथा सम्वाद स्थगित गर्ने तयारी भएको छ ।

दुवै कार्यक्रम स्थगित गर्नेबारे मन्त्रिपरिषदमा छलफल भइसकेको र केही दिनभित्रै औपचारिक घोषणा हुने स्रोतले जनाएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित घोषणा गरिएको भ्रमण वर्ष कोरोना प्रकोपका कारण प्रभावित बनेको छ । छिमेकी चीन लगायत यूरो र मध्य पूर्वसम्म कोरोना फैलिएको छ ।

शनिबार नै विदेशमा भ्रमण वर्षको प्रवद्र्धनात्मक कार्यक्रमहरु स्थगित गर्ने निर्णय भइसकेको छ । अतिप्रभावित मुलुकहरुको उडान समेत रोक्ने सरकारले तयारी गरेको छ । सरकारले जापान, दक्षिण कोरिया, हङकङ र इरानबाट आउने उडान रोक्ने तयारी गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्