अन्तर्राष्ट्रिय

टर्कीद्वारा सिरियाका लडाकू विमानमाथि गोली प्रहार

By Thah Online

March 02, 2020

काठमाडौं । टर्कीले सिरियाका लडाकू विमानमाथि गोली प्रहार गरेको छ ।सिरियाको उत्तरपश्चिम इडलिबमा टर्कीले दुई वटा सरकारी लडाकू विमानमा आक्रमण गरेको हो ।टर्कीको रक्षा मन्त्रालयका अनुसार विमान क्षतिग्रस्त भएपनि कुनै मानविय क्षति भएन ।

टर्कीले सिरियाविरुद्ध सैन्य कारवाहीको घोषणा गरेलगत्तै आक्रमण भएका समाचारमा जनाइएको छ ।आक्रमणका कारण सिरियाली सेनाको अल नायाराब विमानस्थल र अलेप्पो शहर प्रभावित भएको थियो ।

बढ्दो तनावका बीच सिरियाली सरकारले हवाइ मार्गहरु बन्द गरेको छ ।रसियन वायू सेनाको समर्थन पाएको टर्कीले पछिल्लो पटक सिरियामा हमला गर्दै आएको छ