नर्भिक अस्पतालमा प्रचण्ड




सैघाली खबर
काठमाण्डौ ३ मंसिर, । पुत्र शोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् ।पुत्र प्रकाश दाहालको निधन भएपछि प्रचण्ड झापाबाट लाजिम्पाटस्थित निवास गएर नर्भिक अस्पताल पुगेका हुन् ।प्रचण्ड भरतपुर महानगरपालिकाकी मेयर, छोरी रेणु दाहालसहित नर्भिक अस्पताल पुगेका हुन् । प्रचण्ड चुनावी कार्यक्रमका लागि झापामा थिए ।पुत्र प्रकाशको निधन भएको खबर पाए लगत्तै प्रचण्ड चुनावी कार्यक्रम छोडेर फर्किएका हुन् । प्रचण्ड अस्पताल पुगेसँगै प्रकाशको निधन बारे पत्रकार सम्मेलनको तयारी गरिएको छ ।नर्भिक अस्पतालमा आफन्त र बिभिन्न राजनीतिक दलका नेताहरू समेत पुगिसकेका छन् ।पत्रकार सम्मेलनपछि प्रकाशको पार्थीव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्