चिनियाँ दम्पतिलाई सुटकेसमा राखेर जिउँदै खोलामा बगाइयो



काठमाडौं । थाइल्यान्डमा एक जोडी चिनियाँ पतिपत्नीलाई जिउँदै सुटकेसमा राखेर नदीमा फालिएको छ। मंगलवार अपराह्न वाङ जुनको शरीर कालो सुटकेसमा पिङ नदीमा तैरिरहेको पाइयो ।प्रहरीका गोताखोरहरूले उनकी पत्नी झु बिङको शरीर खोजिरहेका छन् । झुलाई अर्को सुटकेसमा राखेर नदीमा डुबाइएको विश्वास गरिएको छ ।

पट्टायामा यस जोडीले अन्य १३ जना चिनियाँ पर्यटकहरूसँग मिलेर तीनवटा भिल्ला भाडामा लिएका थिए । उनीहरू माघ २९ गते त्यहाँ पुगेका थिए । समूहका अन्य व्यक्तिहरू चीन फर्किसकेका छन् ।

जुनको शरीर सुटकेसमा खुम्च्याएर राखिएको थियो । उनको हात र गोडा रातो तारले बाँधिएको थियो । माझी सुतोन थापाथानले शरीर फेला पारेका हुन् । उनलाई सुटकेसमा कुहिएको माछा छन् जस्तो लागेको थियो । ‘सुटकेस खोल्न नै गाह्रो थियो तर मैले खोल्दा मान्छे भेटें अनि तर्सिएँ,’ उनले भने ।प्रहरीका लेफ्टिनेन्ट कर्नेल जित्तिपोल पोलपोनप्रुएस्काले अपराधको छानबिन गरिँदै गरेको र दुईवटा पक्राउपूर्जी जारी गरिएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्