१७ वर्षपछि ह्याट्रिक, फ्रान्सको प्रभावशाली जित



जेठ २० –

_96326381_giroud-goal-getty

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले प्रभावशाली जित दर्ता गरेको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा फ्रान्सले पाराग्वेलाई ५–० ले हराएको हो । फ्रान्सको जितमा ओलिभर जिरउडले महत्वपूर्ण भूमिका खेले । उनले ह्याट्रिक गरे । यस्तै मुसा सिसोको र एन्टोनी ग्रिजम्यानले एक एक गोल गरे । जिरउडले ६, १३ र ६९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । सिसोकोले ७६ तथा ग्रिजम्यानले ७७ औं मिनेटमा गोल गरेपछि फ्रान्सले ५–० को जित निश्चित गर्‍यो ।_96324675_goal

 

पछिल्लो १७ वर्षमा फ्रान्सका लागि कुनै पनि खेलाडीले ह्याट्रिक गर्न सकेका थिएनन् । पाराग्वेसँगको खेलमा जिरउडले जिरउडले गरेको ह्याट्रिक १७ वर्षयताकै पहिलो थियो । राति नै भएको खेलमा नर्दन आयरल्याण्डले न्युजिल्याण्डलाई १–० तथा मेक्सिकोले रिपब्लिक अफ आयरल्याण्डलाई ३–१ ले हरायो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्