दाहालको निधनप्रति एमाले दाङद्धारा दुःख व्यक्त



 

सैघाली खबर
दाङ ३ मंसिर । नेकपा एमाले दाङले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । दाहालको आइतबार बिहान निधन भएको थियो ।  एमाले दाङका अध्यक्ष टीकाराम खड्काले शोक विज्ञप्ति जारी गरेर दाहालका असामयिक निधनले हाम्रो पार्टी नेकपा एमाले दाङ स्तब्ध र मर्माहत भएको उल्लेख गर्नुभएको छ । प्रकाशको निधनले वाम गठबन्धनले एउटा क्रियाशील र सक्रिय योद्धा गुमाएको उल्लेख गर्दै परिवारजनमा गहिरो संवेदना प्रकट गरिएको छ । विज्ञप्तिमा मंसिर ३ गते दिउँसो २ देखि ३ वजेसम्म हुने बाम गठबन्धनका सबै चुनावी कार्यक्रमहरु स्थगीत गरिएको उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्