नेपाल आमा लेभर उत्पादन गर्ने मेसिन हैनन्र – पदम कुवँर (भिडियाे)



काठमाण्डौ । जुम्लाको सिञ्जा गाउँपालिका २ घोडेंगाउका २२ वर्षीय युवक रतन तिरूवाले आइतबार दिउँसो नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभामा जुत्ता प्रहार गरे संगै एकाएक यो बिषय चर्चामा चुलिएको छ ।

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर रतन तिरुवाले जुत्ता प्रहार गरेका थिए । करिव आठ वर्ष अगाडि एक कार्यक्रममा प्रचण्ड माथी थप्पड हानेका बाग्लुङ्गका पदम कुवँले आफ्नो रेकर्ड रतनले तोडेको भन्दै यो प्रचण्डमाथीको ब्यक्तिगत प्रहार नभए उनको नीयत माथीको प्रहार भएको जिकिर गरेका हुन ।

धनि र गरिव बिचको खाडल झन झन फराकिलो बन्दै गएको र बजार ब्यबस्था प्रति सरकारको ध्याणाकर्षण समेत नरहेको भन्दै कुवँले सरकार माथी समेत आक्रोस ब्यक्त गरेका छन ।

प्रचण्डले देशको समस्या प्रति बेवास्ता गर्दै रावनको शैलीमा अगाडि बढेको भन्दै कुव्ँर पटकपटक जंगीएका हुन , थाहा टि.भी संग कुरा गर्दै पदमले अवको देश बचाउने जिम्मेवारि विप्लवको काधमा आएको समेत जिकिर गरेका छन ।

जुत्ता प्रहार गर्ने २२ वर्षीय युबक पूर्व लडाकु हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । रतनका बुवा तत्कालीन माओवादीमा लागेका कारण ज्यान गुमाएका थिए जुत्ता प्रहार गर्ने रतनलाइ सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।
भिडियो सहित

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्