प्रकाशको शरीर अस्पताल ल्याउँदैगर्दा कडा भइसकेको थियो डा.



 

सैघाली खबर
काठमाण्डौ ३ मंसिर । प्रकाश दाहालको मृत्युको कारण आकस्मिक ह्रृदयघात भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । आइतबार बिहान दाहालको निधनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नर्भिक इन्टरनेसनल अस्पतालका डाक्टर जेपी जैसवालले उक्त जानकारी दिएका हुन् ।उनले दाहालको अस्पताल ल्याउनुभन्दा करिब ३ घण्टा अघि नै निधन भइसकेको बताए ।

उनले आइतबार बिहान ५ बजेर ५० मिनेटमा ल्याइपुर्‍याइएको र चिकित्सकले ५ बजेर ५९ मिनेटमा मृत घोषित गरेको बताए ।उनले भने९९ प्रतिशत हृदयघात भएको हो १ प्रतिशत मस्तिष्कघात हुन सक्छ ।चिकित्सक जैसवालले अस्पताल ल्याउँदै उनको शरीर कडा भइसकेको बताए । उनले भने यहाँ ल्याउँदा उनको नाडीमा पल्स थिएन । शरिर चिसो भइसकेको थियो । यस्तो घटनामा पोष्टपार्टम गर्नु पर्दैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्