sf7df8f}F, !( kmfu'g M k//fi6«dGqL k|bLks'df/ 1jfnL dGqfnodf ;f]daf/ cfof]lht kqsf/ ;Dd]ngdf . t:jL/ M gjLg kf}8]n, /f;;

टप फिचर

सरकारको आग्रह : देशमै खाद्यान्न उत्पादन गरौँ, माक्स उत्पादन बढाऔँ

By थाहा अनलाइन

March 03, 2020

काठमाण्डाै – सरकारले काेभिड–१९ अर्थात् कोरोना भाइरसको कारण नेपालमा पनि आर्थिक मन्दी हुन सक्ने सङ्केत गरेको छ । कोरोनाको कारण विश्व नै प्रभावित भएको बेला नेपालमा पनि आर्थिक सङ्कट आउन सक्ने, उपभोग्य वस्तुको अभाव हुन सक्ने देखिएको सरकारले जनाएको छ ।

परराष्ट्र मन्त्री ज्ञवालीले कोरोना भाइरसकै कारण वैदेशिक रोजगारी प्रभावित हुने, पर्यटकीय गतिविधि रोकिने र देशका ठूला आयोजनामा पनि प्रभाव पर्ने देखिएको जानकारी दिनुभयो ।

सरकारले सकभर देशमै उत्पादन बढाउन पनि आग्रह गरेको छ । खाद्यान्नका धेरे सामग्री आयात भइरहेकाले तत्कालै उत्पादन गर्न सकिने वस्तुको उत्पादन बढाउन सरकारले आग्रह गरेको हो । ‘भूकम्पले हामीलाई ठूलो दुःखसँगै पाठ पनि सिकाएको थियो, अहिले पनि हामीले समस्यालाई अवसरमा ढाल्न सक्छौँ, तत्कालै उत्पादन हुन सक्ने वस्तु उत्पादन गराैँ, विदेशबाट आउने सामग्रीमा मात्रै भर पर्दा झनै समस्या हुनसक्छ’, परराष्ट्र मन्त्री ज्ञवालीले भन्नुभयो ।

यस्तै सरकारले मेडिकलजन्य सामग्रीको उत्पादन बढाउन आग्रह गरेको छ । देशमा रहेका कारखानालाई पूर्ण क्षमतामा चलाउन सरकारले आग्रह गरेको छ । मास्क (मुखावरण) लगायतका अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना नगर्न र भाउ नबढाउन पनि सरकारको आग्रह रहेको मन्त्री ज्ञवाली जानकारी दिनुभयो ।

अहिले कच्चा पदार्थको अभाव हुन लागेको जानकारी दिँदै उहाँले वैकल्पिक उपायबाट अत्यावश्यक सामग्रीको आयातको लागि पनि सरकारले तयारी थाल्ने जानकारी दिनुभयो ।