५ वर्षमा ५ नं. प्रदेशका कुनैपनि युवा विदेशजानु पर्दैनः शंकर पोखरेल



 

शरद रेग्मी

दाङ मसरि ३

दाङ निर्वाचन क्षेत्र नं. २ (१)का प्रदेशसभा सदस्य पदका उम्मेदवार शंकर
पोख्रेलले आफूले जितेमा ५ बर्षमा प्रदेश नं. ५ का कुनैपनि युवा
रोजगारीका लागि विदेश जानु नपर्ने दाबी गरेका छन् ।

रिपोटर्स क्लव नेपाल दाङ शाखाले आइतबार तुलसीपुरमा आयोजना गरेको
चुनावी कार्यक्रममा उनले सक्षम जनशक्ति विकास भनए भने देश नबन्ने हुँदा
त्यसैका लागि आफूले जिते इमान्दारी पूर्वक पहल गर्ने बताए ।

नेकपा एमालेका स्थानीय कमिटी सदस्य पोख्रेलले आफूले जितेमा प्रदेश नं. ५
को मुख्य मन्त्री बन्ने र हरेक युवालाई कुनै न कुनै खालको तालिम तथा सिप
प्रदान गर्ने बताए । हरेक युवाको स्वास्थ्य विमा बनाउने बताएका पूर्व मन्त्री
पोख्रेलले सक्नेले आफै त्यो विमा बनाएतापनि विमा बनाउन नसक्नेहरुलाई
राज्यले नै लगानी गरेर विमा बनाइ दिने बताए ।

रिपोटर्स क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रमका उनले
दाङ सिमेन्ट उद्योगको हव बन्दै जाँदा यहाँको यातायात व्यवस्था अस्तव्यस्त
बनेको भन्दै आफूले जितेमा दामोदर मार्गलाई बैकल्पिक मार्गको रुपमा विकास
गर्ने बताए । नेता पोख्रेललले प्रदेश नं. ६ संग सम्वन्ध विस्तारका लागि ५
बर्ष्भित्रै तुलसीपुर–सुर्खेत सडक खण्ड कालोपत्रे गरिसक्ने, रोल्पा हुँदै पूर्वी
रुकुम जान नयाँ राजगर्मा निर्माण गर्ने, घोराही–प्यूठान सडक खण्ड कालोपत्रे
गर्ने आश्वासन बाँडे । दाङलाई सिंगो पश्चिमको यातायातको हव बनाउनका
लागि आफूहरुले लुम्बिनीदेखि नेपालगञ्जसम्म रेल कुदाउने सपना देखेको पूर्व
मन्त्री समेत रहेका नेता पोख्रेलले बताए ।

त्यस्तै उनले दाङमा क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्नका लागि सम्भाव्यता
अध्यन सुरु भइसकेको उनले बताए । महाभारत र चुरे रेञ्जमा हिल स्टेसन
निर्माणगरि पर्यटन प्रवद्र्धन गर्ने योजना सुनाएका एमाले नेता पोख्रेलले
स्वर्गद्धारी, छिल्लिकोट, दंगीशरण जस्ता क्षेत्रहरुलाई पर्यटकिय क्षेत्रका रुपमा
विकासगर्ने आश्वासन बाँडेका थिए । थारु कला र संस्कृतिको जगेर्नागर्नका लागि
होमस्टे निर्माण गर्नेदेखि जिल्लामा खानेपानी र सिंचाईको राम्रो प्रवन्ध
गर्नका लागि बबई लगाएत यहाँका ग्वारखोला लगाएतका खोलाहरुमा उच्चवाँध बाध्ने
योजना पनि उनले प्रस्तुत गरेका थिए ।

कोइलावास कुनै जमानाको नेपालको ७औं नमुना योग्य नाका रहेको स्मरण
गर्दै नेता पोख्रेलले आफूले जितेमा उक्त नाकालाई जीवन्त नाकाको रुपमा
विकास गर्ने आश्वासन बाँडे । उनले परम्परागत कृषि प्रणाली विस्थापित गर्दै
दाङको कृषिमा आधुनिक विकास गर्ने धारणा व्यक्त गरे । उनले युवाहरुलाई
निरोगी राख्न जिल्लाका विभिन्न स्थानमा रंगशाला निर्माण गरि विभिन्न
खेलकुदको विकास गर्ने उनले बताए ।

यसैबीच नेता पोख्रेलले यदी दाङलाई प्रादेशिक राजधानी बनाउने हो भने
वामगठवन्धनले जित्न जरुरी रहेको बताएका छन् । वामगठवन्धनले आफूलाई प्रदेश
प्रमुखको रुपमा अघि सारेको भन्दै आफूले जितेमा दाङबासीले दाङलाई
प्रादेशिक राजधानी बनाउने भनि देख्दै आएको सपना पुरा हुने बताए । ‘म नै
प्रेदश नं. ५ को मुख्य मन्त्री हुने हो र त्यसपछि दाङ राजधानी बन्ने संभावना
तयार हुन्छ ।’ नेता पोख्रेलले भने ।

संघीयतालाई सफल रुपमा कार्यान्वयन गर्न र तराई क्षेत्रको अस्थिरता अन्त्यगर्नका
लागि शंकर पोख्रेलले सक्छ भन्ने ठानेरै वामगठवन्धनले आफूलाई उम्मेदवारका
रुपमा अघि सारेको उनले बताए । ‘हाम्रो एउटै पार्टी बनाउने शंकल्प छ र वाम
गठवन्धन चुनाव जित्ने हतकन्डा मात्रै हैन।’ नेता पोख्रेलले भने । अधिकारको
लडाईमा धेरै पार्टी हुँदा फरक नपर्ने भएतापनि सम्वृद्धिको लागि त्यो बाधक
हुने भएकोले हुँदा पार्टीको संख्या घटाउनका लागि वामगठवन्धन गरेको उनले
बताएका थिए ।

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमालेका दाङ जिल्ला सचिव तथा निर्वाचन
क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हिराचन्द्र केसीले बामगठवन्धन
विकासका लागि भएको बताए । ‘कल्पना गरेजस्तै गरि बाटा घाटा र समाज निर्माण
गर्नका लागि वामगठवन्धन बनेको हो।’ नेता केसीले भने ।

वामगठवन्धनले जितेमा सबै युवालाई रोजगारी सूनिस्चित हुने उनले दाबी गरेका
थिए । उनले पनि बबईमा तटवन्ध गरेर तुलसीपुरमा सिंचाई र खानेपानीको
समस्या हल गर्ने आस्वासन बाँडेका थिए । वामगठवन्धनले जितेमा तुलसीपुरमा
रिङरोड निर्माण गर्नेदेखि सुकम्वासीका समस्या समाधान गर्ने उनले दाबी गरेका
थिए ।

यसैबीच उक्त कार्यक्रमलाई सम्वोधन गर्दै निर्वाचन क्षेत्र नं. ३ (१)का लागि
नेकपा माओवादी केन्द्रको तर्फवाट प्रदेशसभा सदस्य पदका उम्मेदवार जगप्रशाद
शर्मा अपारले भ्रष्टचार अन्त्य चाहानेहरुले आफूहरुका पक्षमा मतदान गर्न आग्रह
गरेका छन् । ‘मुलुकमा व्याप्त भ्रष्टचार अन्त्य चाहाने हो भने वामगठवन्धनले
जित्नुको विकल्प छैन ।’ अपारले भने । उनले आफूले जितेमा तुलसीपुलाई
व्यापारिक र पर्यटनको हव बनाउने आस्वासन बाँडेका थिए । त्यस्तै एैलानीमा
बस्दै आएकाहरुलाई लालपूर्जा विरतण गर्ने उनले बताए । ‘ संविधान कार्यान्वयन,
विकास र आर्थिक सम्वृद्धिका लागि वाम गठवन्धन आवश्यक छ ।’ उनले भनेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्