घोराही–लमही सडकखण्डको सात घुम्तीमा कन्भक्स ऐना



सैघाली खबर,
घोराही, ३ मंसीर।
बढ्दो सवारी दुर्घटना न्यूनिकरणकालागि दाङको लमही–घोराही सडकखण्डको विभिन्न स्थानमा कन्भेक्स ऐना राखीएको छ । यस सडकखण्डको विभिन्न स्थानमा रहेको घुम्तीहरुमा ती ऐना राखीएको हो । जिल्ला ट्रफिक प्रहरी कार्यालय दाङको सक्रियतामा ऐना राखीएको हो ।

घुमाउरो सडकमा सवारी दुर्घटना हुने उच्च जोखीमलाई मध्यनजर गर्दै यस सडकखण्डको ७ स्थानमा ऐना राखीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी नायन निरिक्षक उत्तमकुमार जिसीले जानकारी दिनुभयो । सडकखण्डको बेलदमार र मसोटको घुम्तीहरुमा शनिवार कन्भेक्स ऐना राखीएको हो । प्रभु बैंकको आर्थिक सहयोगमा ऐना राखीएको उहाँले जानकारी दिनुभयो । यी घुम्तीहरुमा धेरै पटक सवारी दुर्घटना भएकाले ऐना राखीएको र अब यी ऐनाको प्रयोगले सवारी दुर्घटना न्यून हुने ट्राफिक प्रहरीको विश्वास रहेको छ । त्यस क्रममा यस सडकखण्डको मसोट खोलामा रहेको साधुरो पुलमा जानकारीमूलक बोर्ड राखीएको छ । पुल साघुरो छ एकपटकमा एक सवारी साधनमात्र चल्न सक्ने सुचनामूलक बोर्ड राखीएको छ ।

त्यस अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी नावय निरिक्षक उत्तमकुमार जिसी, हवल्दारहरु रत्न शाही र जिवराज शर्मा, जवान लालबहादुर देउवा, सामुदायिक प्रहरी सेवा केन्द्र दाङका सचिव आर.के.शीतल, टेलिभिजनकर्मी नारायण नेपाल, योगी पब्लीसिटी घोराहीका नारायणनाथ योगीको सहभागिता रहेको थियो ।

शनिवार घुम्तीहरुमा राखीएको ऐनाको अनिवार्य प्रयोग गर्न जिल्ल ट्राफिक प्रहरी कार्यालय दाङले सबैमा अनुरोध गरेको छ । सडकका विभिन्न ट्राफिक संकेतहरुको पूर्ण रुपमा पालना गर्न जिल्ला ट्रफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक ओमप्रकाश वाग्लेले सम्पूर्ण चालकहरुमा अनुरोध गर्नुभएको छ । जिल्लामा ट्रफिक नियमको पालना गर्ने प्रचलन कमजोर रहेको भन्दै उहाँले नियमको पालना गरेमा सवारी दुर्घटनामा धेरै कमी आउने उहाँको भनाई छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्