मुख्य समाचार

चुनावी कार्यक्रम नरोक्न प्रचण्डको निर्देशन

By थाहा अनलाइन

November 19, 2017

सैघाली खबर, काठमाडौं,३ मंसिर । – प्रकाश दाहालको निधनका कारण विभिन्न जिल्लाका चुनावी कार्यक्रमहरु स्थगित भएको खबर आउन थालेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रम नरोक्न निर्देशन गर्नुभएको छ । चुनावी सबै कार्यक्रमहरु सञ्चालन गर्न अध्यक्ष प्रचण्डले निर्देशन दिनुभएको माओवादी केन्द्रले जनाएको छ । प्रचण्डपुत्र प्रकाश दाहालको निधनको खबर सुनेपछि धेरै जिल्लाका मोओवादीका नेताहरु कार्यक्रम स्थगित गरेर काठमाडौं आएका छन् ।