नयाँ प्रधानमन्त्रीका लागि आजबाट प्रकृया सुरु ।।



 जेठ २०

samsad

बहुमतिय प्रकृयाबाट नयाँ प्रधानमन्त्री चयनका लागि आजबाट प्रकृया सुरु भएको छ । सभामसख ओनसरी घर्तिमगरले हिजो सूचना प्रकाशित गरी निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुभएको हो । प्रकृया अन्तरर्गत आज व्यवस्थापिका–संसद्का कुनै पनि सदस्यले उम्मेदवारीको सूचना दर्ता गर्न सक्नेछन् । निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि ४ बजेसम्म व्यवस्थापिका–संसद्का कुनै सदस्यले आफूलाई ‘नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम प्रधानमन्त्री पदमा निर्वाचित गरियोस्’ भनीसूचना दर्ता गर्न सक्नेछन् । आजै दिउँसो साढे ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोलि बिहान ११ बजे संसद बैठकमा मतदानको कार्यक्रम तय गरिएको संसद सचिवालयका प्रवक्ता डा भरत शर्माले सीआईएनलाई जानकारी दिनुभयो । व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम ४९ को उपनियम (२) बमोजिम सभामुखले प्रधानमन्त्रीको निर्वाचनको मिति तोक्नुभएको संसद् सचिवालयले जनाएको छ । राजनीतिक दलका नेताहरुसँगको छलफल र कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सभामुख घर्तीले निर्वाचनको मिति तोक्नुभएको हो । प्रधानमन्त्री पुष्ष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सत्ता साझेदारी बमोजिम यही जेठ १० गते राजीनामा दिएपछि राष्ट्रपतिले सहमतिमा नयाँ सरकार गठन गर्न एक साताको समय दिनुभएको थियो । तर एक साताको समयमा सहमति नभएपछि बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन हुन लागेको हो । प्रमुख विपक्षी एमालेको विरोध रहँदा रहँदैपनि संसदले प्रधानमन्त्री निर्वाचनको प्रकृया अगाडी बढाएको हो । कांग्रेस माओवादी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउबालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । देउवाको पक्षमा स्पष्ट बहुमत पनि देखिएको छ । एमालेले भने उपाध्यक्ष वामदेव गौतमलाई उम्मेदवारी दिने तयारी गरेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्