सैघाली खबर 

दाङ ३ मंसिर । तुलसीपुरका विभिन्न ५० ठाउँमा सिसी क्यामेरा जडान गरिने भएको छ । उत्तरमा खानेपानी,दक्षिणमा गुम्राहा चोक, पुर्वमा विद्युत र पश्चिममा पातुखोला पुलसम्मको विभिन्न स्थानमा क्यामेरा जडान गरिने भएको छ । करिब ५० लाखको लागतमा उक्त सि.सि. क्यामेरा जडान गर्न लागिएको तुलसिपुर नगरपालिकाले जनाएको छ । त्यसअबसरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश नम्वर ५ का प्रहरी प्रमुख मिङमार लामाले सहरको सुरक्षाका निम्ति सिसी क्यामेरा अनिवार्य भएको वताउनु भएको छ । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको ट्राफिक व्यवस्थापन र सुरक्षा अवस्था सम्वन्धि सरोकारवालाहरुसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले ट्राफिक व्यवस्थापन हुन नसक्दा सहरको सुन्दरता हराउँदै गएको वताउनुभयो ।

“रोडमा पार्किङ गर्ने कुरालाई निरुत्साहित गर्नुपर्दछ” उहाले पार्किङ एरिया वनाएर मुख्य क्षेत्रमा महँगो र अन्य क्षेत्रमा कम पार्किङ शुल्क राखेमा मुख्य सडकमा हुने सवारी पार्किङको चाप कम हुने समेत वताउनुभयो । काठमाण्डौमा नो हर्न अभियानको सुरुवात गरेका लामाले एकतर्फी बाटोमा पार्किङ गर्दा ट्राफिक व्यवस्थापन सजिलो हुने समेत वताउनुभयो । तुलसीपुरको सुरक्षा अवस्था वलियो हुँदै गएको वताउँदै उहाँले सिसी क्यामेराको जडानले झनै नगरलाई सुरक्षित वनाउने वताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई व्यवस्थित सहरका रुपमा विकास गर्नका लागि उपमहानगरले पहल कदमी लिने वताउनुभयो । वजार व्यवस्थापन कार्यविधि वनाएर तुलसीपुरमा रहेका फुटपाथ पसल, अव्यवस्थित ठेला लगायतका समस्या समाधान गर्नका लागि उपमहानगरपालिकाले पहल सुरु गरेको जानकारी दिनुभयो । नगरप्रमुख पाण्डेले गलत ठाउँमा पार्किङ गर्नेलाई अनुहार नहेरेर कारवाही गर्न पनि आग्रह गर्नुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्