एकताको तयारीमा छौ महरा




सैघाली खबर
दाङ, ३ मंसिर ।नेकपा माओवादी केन्द्रका नेता एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णबहादुर महराले चुनाव प्रचारसँगै पार्टी एकताको तयारी पनि भइरहेको बताउनुभएको छ । दाङको हेमन्तपुरमा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उहाँले एमाले र माओवादी केन्द्र दुई पार्टी एक भएर चुनाव प्रचारमा लाग्नु नै एकताको तयारी भएको बताउनुभयो ।
‘कतिपय पार्टी एकताको अवस्था हेर्दा केन्द्रमा एकता भए पनि जिल्लामा पछिसम्म भावनात्मक एकता भएको पाइदैन’– उहाँले भन्नुभयो– ‘तर, अहिले हामी तलबाटै भावनात्मक एकता गरेर माथि संगठनात्मक एकता गर्ने तयारीमा छौं । त्यसैले तपाइहरु पार्टी एक भइसक्यो भन्ने निष्कर्षका आधारमा प्रचारप्रचारमा जुट्नुस् ।’ उहाँले अब माओवादी नेता जाने ठाउँमा एमाले र एमाले नेता जाने ठाउँमा माओवादी नेता जान आवश्यक नभएको उल्लेख गर्दै भन्नुभयो– ‘हामी दुबै पार्टीका नेताले भन्ने कुरा एउटै हो, त्यसैले हाम्रो एकताको पूरै वातावरण बनिरहेको जस्तो लाग्न थालेको छ ।
महराको चुनावी कार्यक्रम दुई दिन स्थगित
यसैबीच महरा दुई दिनका लागि चुनावी कार्यक्रम स्थगित गरेर राजधानी जानुभएको छ । पार्टी पोलिटब्यूरो सदस्य एवं अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको आकस्मिक निधन भएपछि उहाँ श्रद्धाञ्जली दिन राजधानी जानुभएको छ । मंगलवारदेखि पुनः महरा चुनावी कार्यक्रममा सरिक हुने उहाँको सचिवालयले जनाएको छ । यद्यपि महराको क्षेत्रमा चुनावी कार्यक्रम भने यथावत रहनेछन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्