सरकारले चुनावी सुरक्षाका विषयमा छलफल गर्ने, मन्त्रि परिषद बैठक बस्दै



सैघाली खबर
काठमाडौं,४कार्तिक

सरकारले चुनावी सुरक्षाका विषयमा छलफल गर्ने भएको छ । देशभरीका चुनावी क्षेत्रमा उम्मेदवार लक्षित आक्रमणका घटना नरोकिए पछि सरकारले चुनावको सुरक्षा रणनीतिका विषयमा छलफल गर्न लागेको हो । सुरक्षा निकायका चारै प्रमुख सँग छलफल गरेर सरकारले निर्णय लिने तयारी गरेको छ । पहिला सुरक्षा समितिको आकस्मिक बैठक बसेपछि मन्त्रि परिषद बैठक बस्नेछ ।

आज बस्ने मन्त्रिपरिषदको बैठकमा सुरक्षा रणनीतिका विषयमा छलफल हुनेछ । नेपाली सेना सुरक्षामा दिइने भूमिका विषयमा पनि छलफल हुने रक्षा मन्त्री भीमसेनदास प्रधानले जानकारी दिनुभएको छ । उहाँका अनुसार सुरक्षा चुनौती बढ्दै गए सेनालाई मुख्य भूमिका समेत परिचालन गर्न सकिनेछ । सेनाले पनि आफुले चुनावमा भएको विस्फोटनका घटनालाई नजिकबाट हेरिरहेको र आबश्यक परे बाहिर निस्किने बताइसकेको छ । मन्त्रिपरिषदको बैठक दिउँसो बोलाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्