तुल्सीपुरमा अज्ञात समुह द्धारा परालमा आगजनी



सैघाली खबर
दाङ ,४ कार्तिक


दाङको तुलसीपुर उपमहानगरपालिका ७ बसन्ततपुर टोलमा अज्ञात समुहले स्थानियहरुको परालमा आगो लगाएको छ । विगत तिन दिन देखि उक्त समुहले आगजनि गरीरहेको त्यहाका स्थानियले बताएका छन । तीन दिनको अवधिमा ८ घरको पराल सखाप भएको छ । दिनदिनै परालमा आगो लगाउने समुहको पहिचान नभएकोले स्थानियहरु संसकित बन्दै गएका छन् ।
उनिहरु रातभर जाग्राम भएर आफ्नो परालको हेरचाह गरीरहेका छन । यसैविचे यसबारेमा आवस्यक अनुसन्धान भैरहेको ईप्रका तुलसीपुरले जनाएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्