मुख्य समाचार

तुल्सीपुरमा अज्ञात समुह द्धारा परालमा आगजनी

By थाहा अनलाइन

November 20, 2017

सैघाली खबर दाङ ,४ कार्तिक

दाङको तुलसीपुर उपमहानगरपालिका ७ बसन्ततपुर टोलमा अज्ञात समुहले स्थानियहरुको परालमा आगो लगाएको छ । विगत तिन दिन देखि उक्त समुहले आगजनि गरीरहेको त्यहाका स्थानियले बताएका छन । तीन दिनको अवधिमा ८ घरको पराल सखाप भएको छ । दिनदिनै परालमा आगो लगाउने समुहको पहिचान नभएकोले स्थानियहरु संसकित बन्दै गएका छन् । उनिहरु रातभर जाग्राम भएर आफ्नो परालको हेरचाह गरीरहेका छन । यसैविचे यसबारेमा आवस्यक अनुसन्धान भैरहेको ईप्रका तुलसीपुरले जनाएको छ ।।