प्राचीन कपिलवस्तु तिलौराकोट दरबारमा महानायक राजेश हमाल



कपिलवस्तु/ नेपाल भ्रमण बर्ष २०२० र लुम्बिनी भ्रमण बर्ष २०७६ मा नेपाली चलचित्रका महानायक राजेश हमाल भगवान गौतम बुद्धका पिता राजा शुद्दोदनको राजधानी प्राचीन कपिलवस्तु दरवारको अवलोकन गरेका छन् । मायादेवी गाउपालिकाको कार्यालय पकडी कपिलबस्तुका सामाजिक बिकास अधिकृत बैतुल्लाह धुनियाको अनुरोधमा कपिलबस्तुको तिलौराकोटमा आउनु भएका महानायक राजेश हमाल र उहा संगै दोभान फिल्मस् प्रा.लि. काठमान्डौका निर्देशक अक्कल सिंहले अवलोकनका क्रममा राजा शुद्दोदनको राजदरवार, दरवार क्षेत्रको उत्खनन् गरिएका पुर्वी र पश्चिमी द्धार, सुरक्षा पर्खाल र दरवार क्षेत्र भित्रका उत्खनन् भएका स्थानहरुको अवलोकन गरेको हुन ।

तिलौराकोट दरवार क्षेत्र अवलोकन पछि नेपाल टेलिभिजनलाई संक्षिप्त प्रतिक्रिया दिंदै महानायक हमालले भगवान गौतम २९ वर्र्ष बिताएको ठा“उ कपिलबस्तुलाई बिश्वका लागी पवित्र स्थल र नेपालीका लागी गर्वको स्थल हो भन्दै यस स्थललाई चिनाउनका निम्ति नेपाल सरकार तथा सम्पूर्ण नेपालीको दायित्व रहेको बताउनु भएको छ ।
तिलौराकोट ऐतिहासिक तथा पर्यटकीय भूमि रहेकोले यसको विकास गर्नुपर्नेमा जोडदिदै तिलौराकोटलाई धार्मिक तथा पर्यटकीय हिसाबले विकास गर्न नेपाल सरकार संग आग्रह समेत गर्नु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्